सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा सामुदायिक कुकुरहरूको बन्ध्याकरण (स्पेय/न्युटर) सम्बन्धी शिविर सञ्चालन गरिने भएको छ।
वीरेन्द्रनगर नगरपालिका–८ स्थित सेफ हाउसमा आगामी २०८३ साल वैशाख १० गतेदेखि १२ गतेसम्म उक्त शिविर आयोजना गरिने जनाइएको छ। कार्यक्रममार्फत सडक तथा सामुदायिक कुकुरहरूको संख्या व्यवस्थापन, रोग नियन्त्रण तथा मानव–कुकुर द्वन्द्व न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

शिविरको आयोजना वीरेन्द्रनगर नगरपालिकाको पशुपन्छी विकास शाखा, सुर्खेतले गरेको हो भने प्राविधिक सहयोग बि.एम.बि. भेटेरिनरी हस्पिटल काठमाडौँले प्रदान गर्नेछ।
कार्यक्रममा स्थानीयवासीलाई आफ्ना सामुदायिक कुकुरहरू ल्याई निःशुल्क बन्ध्याकरण सेवा लिन आग्रह गरिएको छ। साथै, यस अभियानले पशु कल्याण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


कृषि रैबार । ९ बैशाख २०८३, बुधबार