सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–११ स्थित रत्न राजमार्गको पिपिरा सडक खण्डमा नेपाल प्रहरीले विशेष ट्राफिक चेकिङ सञ्चालन गरेको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीको कमाण्डमा १५ जनाको संयुक्त टोलीले राडार गन र ब्रेथ एनालाइजर प्रयोग गरी तिब्र गति तथा मापसे (मादक पदार्थ सेवन) चेकिङ गरेको थियो।

चेकिङका क्रममा तिब्र गतिमा गुडिरहेका २६ सवारी साधन (१४ दुईपाङ्ग्रे, ११ चारपाङ्ग्रे र १ सरकारी) तथा मापसेमा १ सरकारी सवारी साधन गरी जम्मा २७ सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि यस्ता चेकिङलाई निरन्तरता दिने जनाएको छ।


कृषि रैबार । १८ चैत्र २०८२, बुधबार