सुर्खेत । जनजागरण सामुदायिक वन उपभोक्ता समुह, वीरेन्द्रनगर-०४, सुर्खेतको २३ औ वार्षिक साधारण सभा एक समारोहका बिच सम्पन्न भएको छ ।
समुहका अध्यक्ष मेघ बहादुर बोहोराको सभापतित्ववा सम्पन्न भएको साधारणसभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष शेर बहादुर केसी, वडा सदस्य रामकृष्ण नेपाली, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज कंडेल, पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका सचिव गणेशमान खनाल, नेपाली काङ्ग्रेस वडा सभापति गोविन्द शर्माको विषेश आतिथ्यता रहेको थियो भने विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्षद्वारा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने समुहका कोषाध्यक्ष कृष्णलाल न्यौपानेले आ.ब. २०८१/०८२ को ३२ लाख ४७ हजार ७ सय ६८ रुपैया ५७ पैसा बराबरको आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले आम्दानी वृद्धिका निम्ति अतिरिक्त थप कार्यहरु गर्नुपर्ने, वडा भित्र रहेका २ वटा सामुदायिक वन एकीकरण गर्नुपर्ने, वन संरक्षकका गतिविधिहरु संचालन गर्नुपर्ने लगायतका धारणा राखेका थिए । समुहमा आवद्ध करिव ६५० जना सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो ।



कृषि रैबार । २६ पुष २०८२, शनिबार