सुर्खेत । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जिल्लामा औद्योगिक प्रदर्शनी तथा प्रतियोगिता गर्ने भएको छ । ‘स्थानीय कच्चा पदार्थ, स्वदेशी उत्पादन तथा रोजगारीको अभिवृद्धी, लघु घरेलु तथा साना उद्यममा लगानी, कर्णालीकों समुद्धीको मुल नाराका साथ निर्देशनालयले सुर्खेतको वीरेन्द्रनगर–७ इत्राममा औद्योगिक प्रदर्शनी गर्न लागेको हो ।
निर्देशनालयले मंगलवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैसाख २० गते बिहिवारदेखि २२ गतेसम्म सचालन हुने जानकारी दिएको हो ।
निर्देशनालयका प्रमुख मुकुन्दनाथ योगीकाअनुसार उद्योगहरुको सम्बन्धमा सूचनाअनुसार कुल ४१ उद्योगको आवेदन परेको थियो । कार्यविधीको व्यवस्था अनुसार कम्तीमा २० उद्योगलाई सहभागी गराउने रहेकोमा श्रोत र साधनको अनुकुलताको आधारमा कुल २९ उद्योगलाई कार्यक्रममा सहभागिताका लागि छनौटमा गरिएको बताए । जिल्लाभरका २९ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राख्ने जानकारी दिए ।
जस अन्तरगत दुना टपरी, खाद्य प्रशोधन, वैकल्पिक उर्जा, प्राङ्गारिक मल, ढाका, ढकिया, च्याउ, बारन, हर्बल चिया, मह, रेशाजन्य उद्योग आदी मुख्य रहेका छन भने भौगोलिक सहभागिताको हकमा वीरेन्द्रनगरका अतिरिक्त चिङ्गाड, गुर्भाकोट, लेकवेशी, चौकुने, बराहताल समेतबाट सहभागित्ता जनाइने बताइएको छ ।सोका अतिरिक्त लघु औद्योगिक ग्राम स्थीत उद्योगलाई समेत प्रदर्शनीकी सहभागी मानिनेछ र ग्राम अन्तरगतका उद्योग उत्पादन समेतको अवलोकनकर्ताले मूल्यांकन गर्न पाउनेछ ।
उनकाअनुसार प्रदर्शनीको लागि सहभागी उद्योग एवंम् उत्पादनलाई अवलोकनकर्ताहरुले छनौट गर्नेछन । प्रमुख योगीले छनौट भएकामध्ये उत्कृष्ट तीनलाई क्रमश ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाण पत्र समेत उपलब्ध गराइने जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यालयको भनाई छ ।
उक्त कार्यक्रमका लागि निर्देशनालयमा ५ लाख र जिल्लामा ३ लाख बजेट व्यवस्थापन गरिएको छ । प्रमुख योगीले जिल्ला भित्रका लघु, घरेलु तथा साना उद्यमीहरुबिच वस्तु तथा सेवाको उत्पादन, सोको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवम् सरकारी निकायहरुलाई प्रदर्शनीको माध्ययमवाट जानकारी एवम् सूचना उपलब्ध गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गराउनु गराउनु यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उनकाअनुसार प्रदर्शनीको पहिलो दिन उद्घाटन कार्यक्रम गरिनेछ भने दोश्रो दिनमा प्रदर्शनी अवलोकन÷मूल्यांकनका कार्यहरु हुनेछन । यस्तै तेस्रो दिन समापन, पुरस्कार तथा प्रमाण पत्र वितरण हुने प्रमुख योगीले बताए । उनले यो कार्यक्रममा सहभागिताको लागि छनौट भएका उद्योगहरुलाई उद्योग उत्पादन प्रदर्शनी निशूल्क गरिएको, वीरेन्द्रनगरबाहेक अन्य स्थानका उद्योगीहरुलाई दैनिक खाजा, खाना तथा ७ सय भत्ता यातायात खर्च र सामान ढुवानी वापत एक हजार रकम दिने व्यवस्था गरिएको बताए ।
उनले यस कार्यक्रमबाट स्थानीय कच्चा पदार्थ, उत्पादन, उद्योग, प्रविधी तथा जनसाधनको प्रवर्द्धन, विषयगत क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरुलाई कार्यशाला, प्रदर्शनी, अन्तरक्रिया आदिको माध्ययमबाट शिक्षित हुने अवसर, सरोकारवाला क्षेत्रहरुबीच समन्वय, सहकार्य एवम् सम्बन्ध विस्तार, कर्णालीको मौलिकतामा आधारित कला संस्कृतीको प्रबर्द्धन र वजारिकरणमा आधारित उद्योग प्रवर्द्धनको अभ्यासमा विकास हुने विश्वास गरिएको बताए ।
कृषि रैबार । १८ बैशाख २०८१, मंगलवार