चाहेको मन्त्रालय नपाएपछि शपथ ग्रहणमा उपस्थित भएनन् नवनियुक्त कृषि मन्त्री

कृषि रैवार सम्वाददाता, सुर्खेत ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री परिवर्तन संगै लामो समयदेखी रिक्त रहेका मन्त्रालयहरुले आजदेखि मन्त्री पाए पनि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्री पाउन सकेन ।

सत्ता गठबन्धनमा तिन मन्त्रालय एमालेको भागमा र चार मन्त्रालय माओवादी केन्द्रको भागमा पर्ने गरी सहमति भएको थियो । सोही अनुसार माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, उर्जा तथा जलस्रोत विकास मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीर बहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतलाई मन्त्री बनाएको छ । एमालेमा भौतिक पूर्वाधार मन्त्रीमा शेर बहादुर बुढा, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाह र आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्वयम् मुख्यमन्त्री कंडेलले सम्हाले पनि शाहले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् ।


सांसद शाहले पार्टी केन्द्रको निर्णय विपरित मन्त्री नियुक्त गरीएको भन्दै आपत्ति जनाउदै उक्त कार्यक्रममा आफू उपस्थित नभएको वताए ।
साथै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको राज्यमन्त्रीका रुपमा एमालेकै सांसद गोमता विकलाई जिम्मेवारी दिईको छ ।


उता सपथ ग्रहणको त्यस्तो माहोल छाईरहेका बेला भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहत कार्यालयका कर्मचारीहरु भने मन्त्रीको स्वागतका लागि हातमा खादा, माला र पुष्प गुच्छा लिएर अवेरसम्म मन्त्रालय परिसरमा निकै उत्साहका साथ बसिरहेका थिए ।

तपाईको प्रतिक्रिया