जाजरकोट । नलगाड नगरपालिका १२ दमाचौरकी मिना विष्टको कात्तिक १७ गते रातिको भूकम्पमा परि ज्यान गयो । भूकम्पले मिना सुतिरहेको घर भत्किदा उनको च्यापिएर मृत्यु भयो भने घाइते गम्भीर घाइते भएकी जुना विष्टको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

भूकम्प गएको भोलिपल्ट देखि नै पीडित परिवारलाई भेटेर सहानुभूति दिइरहेका नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य विष्ट परिवारलाई भेट्न दामाचाैर पुगे । नेता आचार्यले नातिनीको क्रियामा बसेका हजुरबुवा र परिवारका अन्य सदस्यहरुलाई भेटेर केही राहत सामग्री सहित सहानुभूति प्रकट गरे ।

विष्ट परिवारमा यो दुखको समयमा कुनै पनि पार्टी नेता याे दुख्खमा भेट्न थिएन । क्रियामा बसेका मिनाका हजुरबुवाले भने ‘आजसम्म हाम्रो घरमा कोहि आएनन्, त्यति टाढादेखि तपाई आउनुभयाे ।हामीलाई सम्झिने पनि नेता रहेछन भन्ने कुराको महसुस भयो ।’

त्यस्तै नलगाड नगरपालिकाको पालीगाउँ विनाशकारी भूकम्पले क्षेतविच्छेत छ । एकैघरका रन्जना पुन, बिनाेद पुन, सम्झना पुन सहित विनिता पुन, माेहन परियार, प्रेम रसाईली, अमृता पुन र अमृत पुनकाे ज्यान गएकाे छ ।
गाउँ नै पहिरोको जाेखिम उत्तिकै जोखिममा छ । विहिबार पालीगाउँका पीडितसंग नेता आचार्यले भेटघाट र छलफल गरेका छन । भेटघाटमा आफुहरुले अहिलेसम्म राहत नपाएकाे, सरकारले नहेरकाे गाउँका कुनै पनि घर बस्न लायक नभई पुरै क्षतविक्षत भएकाे गुनासाे सुनाए । स्थानीयहरुले पहिराेकाे जाेखिममा रहेको पाली गाउँको बस्ती नै स्थानान्तरण गर्नु पर्ने माग गरेका छन ।

नेता आचार्यले प्राकृतिक संकटबाट भएको क्षतिप्रती दुख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका विषयमा निराश आश्वासन दिए । नेता आचार्यले भने दु:खद घटना भयो, अब यसको व्यवस्थापन र पुनर्स्थापनाका लागि अब निराश नहुनुहोला, हामी साथमा छौं, तपाईंहरुकाे साथमा एमाले छ ।

महाविपत्तीको यो बेलाको पीडा तपाई हामी मिलेर सामना गराैंला नेता आचार्यले पीडितहरुलाई ढाडस दिए । नेता आचार्यले मृतक परिवारलाई चामल, लत्ताकपडा लगायतका राहात सामाग्रीहरु हस्तान्तरण गरेका छन ।


कृषि रैबार । २४ कार्तिक २०८०, शुक्रबार