कृषि रैवार सम्बाददाता, जाजरकोट ।
अखिल नेपाल किसान महासङ्घ केन्द्रिय कमिटिको अगुवाइमा गत कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पका कारण भएको भौतिक क्षतिको पुनर्निर्माण कार्यका लागि १५८ जनाको टोलि जाजरकोटको भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउपालिकामा खटिएको छ ।

किसान महासङ्घका केन्द्रिय सचिव टेक बहादुर बोगटीको कमाण्डमा खटिएको स्वयंसेवक टिममा केन्द्रिय उपाध्यक्ष खड्क बहादुर खड्काको विशेष उपस्थिति रहेको छ । त्यस्तै केन्द्रीय कमिटिका उपमहासचिव सरिता भुसाल र प्रेम नारायण अधिकारी, मधेस प्रदेश इन्चार्ज एवं केन्द्रिय सचिव उमेश गुप्ता, केन्द्रिय सदस्य,कर्णाली प्रदेश कमिटीका अध्यक्ष बखत बहादुर भण्डारी, उपाध्यक्ष सरिता वलि, कोषाध्यक्ष गगन बहादुर शाही लगायत सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु गरि १५८ जनाको उपस्थिति रहेको ।

उक्त टोलिले जाजरकोटका विभिन्न पालिकामा भुकम्पका कारण भएको भौतिक क्षतिमा मङ्सिर १७ गतेसम्म पुनर्निर्माणको काम गर्ने स्वयंसेवक कमाण्डका प्रमुख टेक बहादुर बोगटीले जानकारी दिए । उनका अनुसार पुनर्निर्माण कार्यका लागि छेडागाड नगरपालिकामा कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष सरिता बिसीको संयोजकत्वमा ४५ जना, बारेकोट गाउपालिकामा किसान महासङ्घ जाजरकोट जिल्लाका अध्यक्ष मानबहादुर चलाउनेको संयोजकत्वमा ३० जना र अन्य भुकम्प प्रभावित विभिन्न स्थानमा खटिई कार्य गर्ने बताए ।


कृषि रैबार । ११ मंसिर २०८०, सोमबार