काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटि सदस्य गोरख बोगटीले पार्टी अध्यक्ष ओली विरुद्दको भ्रम सृजना बेतुकको कुप्रचार भएको बताउनु भएको छ ।

तीन वर्ष अघी भारतीय गोदी मिडियाले तयार गरेको फेक रिपोर्टलाई लिएर भ्रम सृजना गरेको उल्लेख गर्दैं एमाले नेता बोगटीले पुर्व प्रधानमन्त्री ओलीमाथिको भ्रम बेतुकको प्रचार भएको दावी गर्नु भएको छ ।

‘नेपाल राष्ट्र,राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाको लागि चट्टानी अडानसहित नेतृत्वदायी भुमिका खेल्दै आउनु भएका र देशको सुशासन, समृद्धि र विकासका लागि एक कुशल स्वप्नद्रष्टा तथा योजनाकारका रुपमा अब्बल सावित भैसक्नु भएका हाम्रो पार्टी नेकपा(एमाले) का श्रद्धेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रती कहिले उग्रवामपन्थी तत्वहरुले त कहिले दक्षिणपन्थी तत्वहरुले त कहिले घोर दक्षिणपन्थी तथा राजावादी तत्वहरुले विभिन्न बिषयलाई जोडेर सुनियोजित षडयन्त्रपुर्वक हुदैनभएका मिथ्या आरोप लगाएर न्याप्रेमी एवम् विवेकशील नेपाली जनतामा भ्रम छर्ने कुत्सित मनसायकासाथ अफबाह फैलाउने हर्कतहरुगर्दै आएका हुन्’ एमाले सुर्खेत जिल्ला ईन्चार्ज समेत रहनु भएका नेता बोगटीले सामाजिक सन्जालमा लेख्नु भएको छ ‘त्यसैको सेरोफेरोमा हिजो आज राजावादी केही अराजक तत्वहरुबाट कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको भन्ने अफबाह फैलाउने दुष्प्रयत्न भैरहेको छ । आरोप प्राविधिक नभै राजनीतिक रुपबाट प्रेरित हो,त्यो पनि अराजनीतिक र अनैतिक सोचबाट ग्रसित छ भन्ने बारेमा जो कोहीलाई स्पष्ट हुनुपर्छ ।’
देशभर एमाले नेतृत्वप्रतिको बढ्दो आकर्षणप्रति कुण्ठा पालेका प्रतिक्रियावादीहरुले राष्ट्रवादी नेतालाई हिलो छ्याप्ने काम गकेको उल्लेख गर्दै लेख्नु भएको छ, ‘आफ्नो शेषपछी नीजी सम्पत्ती राष्ट्रको नाममा समर्पण गर्ने स्वघोषणा गरेका विशाल हृदयका धनीका रुपमा पनि परिचित भएका नेताप्रती लगाईएको आरोप अस्वभनीय एवम् अनैतिक हो भन्ने जो कोहीको पनि मनमा उब्जेको हुनुपर्दछ । यसबाट कोही भ्रममा परिहाल्छन् भनेर विश्वास गर्न सकिँदैन ।’
‘गलत हर्कतबाट नेकपा(एमाले) र यसको मुल नेतृत्वलाई नेपाली जनताको नजरमा कमजोर बनाउन सकिन्छ कि भन्ने गलत तत्वहरुको उद्देश्य रहेको स्पष्ट बुझ्न सकिन्छ। तर बिगतदेखी हुँदै आएका नेकपा(एमाले) लक्षित अस्वभनीय तथा निन्दनीय हर्कतहरु दिवास्वप्ना सावितहुँदै आएका छन् । अहिलेको बेतुकको यो आरोपले पनि नेकपा(एमाले) र यसको नेतृत्वप्रतिको आम नेपालीको भरोसा र मायामा कुनै तात्विक असर नपर्ने कुरा पनि स्पष्टै छ । जे होस् नेकपा(एमाले)को नेतृत्वप्रती विभिन्न समयमा हुने गरेका झुट्टा आरोप,लान्छ्ना तथा भैरहेका विभिन्न खाले हमलालाई एमाले पङ्तिले आआफ्नो ठाउँबाट उचित समयमै सशक्त खण्डन तथा भण्डाफोर गर्न थप जरुरी भएको देखिन्छ।’ स्थायी कमिटि सदस्य बोगटीले लेख्नु भएको छ ।


कृषि रैबार । ९ कार्तिक २०८०, बिहीबार