अनुदान कटौती किसानको हित बिपरित, निर्णय फिर्ता लिन अपिल

विनोद कंडेल
राष्ट्रिय कृषक समूह महासङ्घ, कर्णाली प्रदेशले पनि नेपाल सरकारले हालै गरेको रसायनिक मलको अनुदान कटौती र मुल्य वृद्धिको बिरोधमा बिज्ञप्ति सार्वजनिक गरेको छ । कुल जनसंख्याको करिव ६६ प्रतिशत मानिसहरु प्रत्यक्ष सङ्लग्न रहेको कृषि पेशा र कृषकलाइ राज्यले थप सहयोग गर्नुको साटो उपलब्ध गराउदै आइरहेको मलको समेत अनुदान कटौती गर्नु किसानको हित बिपरित भएको कुरा उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

कृषि बिभाग र पशुपन्छी बिभागबाट किसानका नाममा दिइने अनुदान किसान मैत्री नभएकाले कटौतीको माग गरेको महासङ्घले सरकारको यो निर्णय सरासर गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ । महासङ्घका कर्णाली प्रदेश समितीका अध्यक्ष सन्त बहादुर केसीद्वारा हस्ताक्षर गरिएको सो बिज्ञप्तिमा किसानका धेरै समस्यका विषयमा सरकार एवम् सम्बन्धित मन्त्रालयले ध्यान दिनुको सट्टा पाइरहेको सेवा पनि बन्चित गराउनु कृषि पेशा प्रतिको अपहेलना हो ।

तपाईको प्रतिक्रिया