ज्ञापन पत्र बुझाउदै निर्णय फिर्ता लिन आग्रह, नलिए बृहत आन्दोलन गरिने

विनोद कंडेल
अखिल नेपाल किसान महासङ्घ, जिल्ला समिती सुर्खेतको अगुवाइमा आज जिल्ला प्रशासन कार्यालय, सुर्खेत मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्याललाई ज्ञापन पत्र बुझाइएको छ ।


सरकारले गत फागुन २६ गते किसानलाई उपलब्ध गराउदै आएको रासायनिक मलको अनुदान कटौतीका सन्दर्भमा जिल्ला समिति सुर्खेतका अध्यक्ष बिनोद कुमार गिरीको नेतृत्वमा प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल मार्फत उक्त ज्ञापन पत्र सरकार समक्ष पेश गरिएको छ ।

हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल सरकारले गरेको रसायनिक मलको अनुदान कटौती र मुल्य वृद्धिको बिरोधमा सरकारलाई ज्ञापन पत्र बुझाउने र क्रमस कृषि क्षेत्रमा क्रियाशील संघसंस्थासङ्गको सहकार्यमा थप आन्दोलनका कार्यक्रम सुरु गरिने बताइए अनुरुप आज महासङ्घका केन्द्रिय कमिटी सदस्य टीका अधिकारी, प्रदेश कमिटी सचिव धर्मराज ढुंगाना, प्रदेश कोषाध्यक्ष , प्रदेश सहसचिव , जिल्ला र नगर कमिटीका पदाधिकारी एवम् सदस्यहरु, अखिल नेपाल महिला संघका पदाधिकारीहरुको उपस्थितिमा सो कार्य सम्पन्न गरिएको हो ।

महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले रसायनिक मलको अनुदान कटौतीले कृषि उत्पादकत्वमा मूल्यवृद्धि हुन गई कृषक र उपभोक्ता प्रत्यक्ष मारमा पर्ने भन्दै खेतीको समयमा मलको अभाव खेपिरहेका किसानलाई सरकारको उक्त निर्णयले अझ समस्यामा धकल्ने प्रयास गरेको र सरकारको गरेको सो निर्णय किसान र कृषि क्षेत्रका लागि असंवेदनशील र गैरजिम्मेवार भएको भन्दै तत्काल फिर्ता लिन अनुरोध गरे ।

(थप हेर्न लिङ्कमा थिच्नुहोस…..)

तपाईको प्रतिक्रिया