निर्णय फिर्ता लिन महासङ्घको आग्रह, नलिए बृहत आन्दोलन गरिने

विनोद कंडेल
अखिल नेपाल किसान महासङ्घ, कर्णाली प्रदेशको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । नेपाल सरकारले हालै गरेको  रसायनिक मलको अनुदान कटौती र मुल्य वृद्धिको बिरोधमा सो सम्मेलनको आयोजना गरिएको हो ।

महासङ्घका प्रदेश कमिटी अध्यक्ष बखत बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको     उक्त सम्मेलनमा महासङ्घका केन्द्रिय उपाध्यक्ष सुर्य बहादुर रावत, प्रदेश कमिटीका पदाधिकारीहरु, सुर्खेत जिल्ला इन्चार्ज शशीराम आचार्य,         जिल्ला अध्यक्ष विनोद गिरी लगाएत महासङ्घका      करिव ४० जना       सदस्यहरुको बिचमा सरकारको किसान      हित विपरीतको उक्त निर्णयप्रती महासङ्घले आपत्ति व्यक्त   गर्दै तत्काल सो निर्णय सच्याउन आग्रह समेत गरेको छ ।

       महासङ्घका प्रदेश कमिटी अध्यक्ष बखत बहादुर भण्डारीद्वारा हस्ताक्षर गरि जारी गरिएको   उक्त विज्ञप्तीमा सरकारले उक्त निर्णय तत्काल नसच्याय          महासङ्घले देशै भरी सुरु गरेको अभियान

अन्तरगत रहेर भोलि चैत ३ गतेका   दिन जिल्ला प्रशासन कार्यालय, सुर्खेत मार्फत       प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र क्रमस थप आन्दोलनका कार्यक्रम सुरु गरिने बताइएको छ ।      साथै सो बाट हुनसक्ने     सम्भावित नतिजाका लागि स्वयं सरकार जिम्मेवार हुने कुरा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया