किसान महासङ्घको वडा कमिटी गठन

जीवराज अधिकारी
अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ मा वडा कमिटी गठन गरिएको छ ।

विनोद कंडेलको अध्यक्षतामा गठन गरिएको उक्त कमिटीको उपाध्यक्ष रम्भा पन्त गिरी, सचिव गोविन्द आचार्य, सह-सचिव देवि पौडेल, कोषाध्यक्ष सरिता बिसी, सदस्य रमेश श्रेष्ठ, मान बहादुर शाही, गङ्गा कोइराला, ललिता चालिसे, पार्वती उपाध्याय, सारदा सुनार र पुर्ण प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।

अखिल नेपाल किसान महासङ्घ, वडा इन्चार्ज कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले, वडा इन्चार्ज कृष्ण प्रसाद गौतम, विशेष अतिथि ४ नम्वर वडा कार्यालयका वडा अध्यक्ष शेर बहादुर केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम अखिल नेपाल किसान महासङ्घ जिल्ला इन्चार्ज शशिराम आचार्य, किसान महासङ्घ जिल्ला अध्यक्ष विनोद गिरी रहेका थिए । त्यस्तै किसान महासङ्घ जिल्ला कमिटी सचिव गज बहादुर केसी, नगर कमिटी अध्यक्ष काशीराम शर्मा, पार्टीका ४ नम्वर कमिटी अध्यक्ष नवराज कंडेल, अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी सचिव गोमा पौडेल लगाएतको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काशीराम शर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वडा कमिटी गठनका लागि सहजिकरण विनोद गिरीले गरेका थिए ।

किसान महासङ्घको लक्ष्य अनुरुप कार्य सम्पाद गर्ने गरि कार्ययोजना बनाएर प्रत्येक टोलमा विषयगत कमिटी गठन गरिने र किसानका समस्या पहिचान गरि समाधानका लागि सम्वन्धित निकायसङ्ग समन्वय एवम सहकार्य गर्दै अघि बढ्ने वडा कमिटीका अध्यक्ष विनोद कंडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया