जीविकोपार्जन सुधारका लागि अभ्यासमा आधारित तालिम सम्पन्न

विनोद कंडेल
सुर्खेत
राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा ३ दिने जीविकोपार्जन सुधार योजना निर्माण तालिम सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र स्थानीय सरकारसंगको संयुक्त सहकार्य तथा बेलायत सरकार र भिएसओे नेपालको श्रोत साझेदारीतामा संचालीत एक्टिभ परियोजनाको सहयोगमा उक्त तालिम पौष २४ गते देखि २६ गते सम्म संचालन गरिएको थियो ।

महासंघले समूहगत बैठक तथा सम्पन्नता विश्लेषण गरि आफ्नै तरिकाले उद्यम गर्दै गरेका ब्यवसायिक उत्पादनतर्फ उन्मुख सम्बन्धित उद्यम सम्बन्धि सीप, अनुभव र आधारभूत पूर्वाधार भएका विपन्न वर्गमा पर्ने २१ कृषक र गैर कृषक घरधुरीे पहिचान गरेको थियो ।

तालिमका सहभागी समुहगत कार्य गर्दै

 

यस कार्यक्रममा जीविकोपार्जन आयाम, गरिवीनिवारण, क्षेत्रगत विश्लेषण, व्यवसाय छनौट गर्दै आफ्नो व्यवसायको आम्दानि खर्च निकाल्ने सिकाइ सत्र हरु रहेका थिए । उक्त तालिमको सहजिकरण सोहि विषयका विज्ञ उमेश श्रेष्ठले सहजीकरण गरेका थिए भने तालिममा सहभागी किसानले स्वयंम जीविकोपार्जन योजना निर्माण गर्ने अभ्यास गरेका थिए ।

तलिम प्राप्ति पछि कृषक खगिसरा सिंजालीले आफै मुडा बनाएर बेच्ने गरेकोमा सो कार्यमा लाग्ने लगानीको हिसाव राख्ने नगरेकोले सिकाइको क्रममा सुरुमा हिसाबकिताबमा गाह्रो भएको र यस तालिमबाट पेशा व्यवस्थिकरण गरी लगानीको आधारमा आम्दानी खर्चको लेखाजोखा गर्न सहज हुने बताइन् ।

तालिमका सहभागी समुहगत कार्य गर्दै

त्यस्तै कृषक सरस्वती सुनारले आत्मनिर्भर हुनका लागि मुढा बुन्ने, बाखा्र पालन गर्ने जस्ता कार्यहरु गर्न सक्ने र सोही अनुरुप आफुले गरिरहेको बाख्रापालन व्यवसायलाई व्यवस्थित गर्दै तालिमबाट सिकेका कुराहरु लागु गरी घर खर्च व्यवस्थापन गर्न सकिने बताइन् ।

महासंघले किसान समस्या, नीतिगत पैरवी र साझेदार संस्थाको सहयोगमा किसानलाई निरन्तर सहयोग गर्दै आइरहेको, किसानको हकको लागि सेवा सुविधा, अभ्यास सहितको किसान परिचयपत्रका गतिविधि पनि संगै लागिरहेका छ । साना व्यवसाय गर्ने कृषकहरुलाई क्षमता विकास गराउन र उनीहरुलाई प्रेरणा दिन सकेको खण्डमा मात्र किसान प्रसन्न भई निरन्तर उत्पादनमुखी कार्यमा लाग्न सक्छन् । जसका लागि स्थानीय सरकारसंगको हातेमालो र सहकार्यमा महासंघले सहजिकरण गर्दै जाने महासंघका कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

तालिम समापन पश्चातको सामुहिक फोटो

किसानले आफै आफ्नो जीविकोपार्जन योजना बनाई व्यवसाय संचालन गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको र यस कार्यक्रमबाट बनेका योजनाका आधारमा स्थानीय सरकारसंग पहल गर्ने र केहि कृषकको व्यवसाय विकास गर्न बिउ पुजी सहयोग गर्ने योजना रहेको महासंघका कार्यक्रम अधिकृत विष्णु पन्थले बताए ।

 

तपाईको प्रतिक्रिया