तथ्यांक संकलकहरुका लागि अभिमुखिकरण सम्पन्न

विनोद कंडेल
सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकामा किसान सूचिकरण   तथा वर्गीकरण परिचयपत्र र सेवा सुविधा अभ्यास अन्तर्गत तथ्यांक संकलकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोे छ ।      कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको ब्यवस्था मिलाउन स्थानीय सरकारसंगको सहकार्यमा           उक्त नगरपालिका भित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि लेकवेशी नगरपालिका र राष्ट्रिय कृषक समूह महासंघ, नेपाल विच मङ्सिर २६ मा संझौता सम्पन्न भएको थियो । उक्त संझौतामा उल्लेखित     प्रकृयागत चरण अन्तर्गत तथ्यांक संकलनका लागि पालिकाले छनौट गरेका ३५ जना तथ्यांक संकलकहरुलाई अभिमुखीकरण गरिएको छ ।   अभिमुखिकरणको सहजिकरण राष्ट्रिय कृषक समूह महासंघ नेपालका उपाध्यक्ष शशिराम आचार्य र कार्यक्रम संयोजक केदार कोइरालाले गरेका थिए ।


नगरपालिकाले नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रमुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको सो अधिकारमा लेकवेशी नगरपालिकाको कृषि तथा पशुपंछि विकास ऐन, २०७६ मा उल्लेखित किसानको हकहित संरक्षण सम्वद्र्धन गर्दै किसानको पहिचान, वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरीकाले प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्यले लेकवेशीनगरपालिकाले किसान परिचयपत्र वितरण अभ्यास शुरु गरेको छ । अभिमुखिकरण पश्चात योजना बनाई असार सम्ममा किसानको हातमा परिचयपत्र पुर्याउने योजना रहेको नगर प्रमुख उमेश कुमार पौडेलले बताए । कार्यक्रमको व्यवस्थापन कृषि शाखा प्रमुख गंगाराम चौधरीले गरेका थिए ।

कृषि प्रसार सेवामा सिमान्तकृत किसानको पहुचं साथै यस क्षेत्रमा समता मुलक विकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलि महासंघले स्थानीय कृषि ऐन साथै किसान परिचय पत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको महासंघका कर्णाली कार्य समिति अध्यक्ष सन्त बहादुर केसीले बताए ।

तपाईको प्रतिक्रिया