सिमान्तकृत कृषकहरुलाइ इनपुट भौचर वितरण कार्यक्रम सम्पन्न

अति विपन्न घरपरिवार अन्तर्गत रोजगार गुमाएकाहरुलाई घरमा बगैंचा तयार गराउन र हरित उद्यम प्रर्वद्धन गर्नका लागि युवा, अपाङ्गता भएका, घरमा आश्रित (बृद्ध, बच्चा, विरामी) भएका घरधुरी लक्षित गरि तरकारी तथा विउ उत्पादन कृषक समूह लेकवेशी ४ कुमाई घारिका करिव २४ किसान घरधुरी र भेरिगंगा २ को बासँघारी कृषक समूहका २५ किसान घरधुरी गरी जम्मा ४९ घरधुरीलाई इनपुट भौचरको माध्यमद्वारा प्रति कृषक घरधुरी रु ३२५० बराबरको कृषि सामाग्री उपलब्ध गराईएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र स्थानीय सरकारसंगको संयुक्त सहकार्य तथा ब्रिटिस सरकार र भिएसओ नेपालको श्रोत साझेदारीतामा संचालीत एक्टिभ परियोजनाको सहयोगमा उक्त सहयोग उपलब्ध गराईएको हो । भौचर प्रणाली मार्फत लाभग्राहीहरुलाई कृषि सामाग्री छनौटको अवसर प्रदान गरिएको थियो । महासंघले घरधुरी तहको आवश्यकता पहिचान, भौचर प्रणाली साथै कृषि सामाग्री उपयोग सम्बन्धि अभिमुखिकरण समेत गरेको थियो ।

लेकवेशी नगरपालिका वार्ड न ४ स्थित लगनशील तरकारी तथा विउ उत्पादन कृषक समूह

इनपुट भौचर र कृषि सामाग्री वितरण कार्यक्रममा लेकवेशी नगरपालिका वार्ड न ४ का कार्यवाहक वार्ड अध्यक्ष नन्जिता ढकाल, भेरिगंगा नगरपालिका वार्ड न २ का वार्ड अध्यक्ष चिरन्जीवी बुढा र भिएसो अभियन्ता सम्झना आचार्यको उपस्थिति रहेको थियो । नगरपालीकाका किसानलाई लक्षित गरि दिर्घकालीन लाभ हुने प्रणालीको विकास गरिने वार्ड अध्यक्ष चिरन्जीवी बुढाको को भनाई रहेको थियो । इनपुट भौचरको अवधारणा कृषि विकास रणनिति देखि स्थानीय कृषि ऐनमा पनि व्यवस्था गरिएको र यसले वितरण प्रणालीमा सुसाशन जवाफदेहितालाई जोड दिदै कृषक र एग्रोभेट बिचको सम्बन्ध विकास गराउने महासंघका केन्द्रिय उपाध्यक्ष शासिराम आचार्यले जानकारी दिए ।
कृषि सामाग्री प्राप्ति पछि लेकवेशी नगरपालिका वार्ड न ४ मा अवस्थित लगनशील तरकारी तथा विउ उत्पादन कृषक समूहकी कृषक हुमा तिवारीले जिवन्त कृषि कर्म गरि जीवनयापन गर्ने परिवारले घरमा उपभोग गर्नका लागि मात्र तरकारी उत्पादन गर्ने गरेकोमा यस सहयोगबाट प्राप्त गरेका तरकारी बिउ र सामाग्रीबाट ठूलो राहत पुगेको खुसी हुदै जानकारी दिईन् । त्यस्तै बजारीकरणको समस्यालाई पालिकाले केहि गरिदियोस् भन्ने आशा व्यक्त गरिन् ।

भेरिगंगा नगरपालिका वार्ड न २ स्थित बासँघारी कृषक समूह

त्यसै गरी भेरिगंगा नगरपालिका वार्ड न २ स्थित बासँघारी कृषक समूहकी कृषक नन्दकली सुनारले प्राप्त गाजर, मुला, लौका, काँक्रा, टमाटर, खुर्सानी, गाजर, एल्लो ट्राप, मोहनी पासो जस्ता कृषि सामग्रीहरुको सहि सदिपयोग गर्ने बताइन् ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले लेकवेशी र भेरिगंगा दुबै पालिकाको कृषि ऐन, कार्य विधिहरु निर्माणमा प्रविधिक सहजिकरण गरेको छ । यस ऐनले पालिकाको कृषि प्रणाली सवलीकरणमा योगदान पुर्याउने साथै ऐनको कार्य शिलतामा स्थानीय सरकार संगको हातेमालो र सहकार्यमा महासंघले सहजिकरण गर्दै जाने कुरा महासंघका प्रदेश समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए । लाभाग्री छनौट प्रकृया देखि नै स्थानीय सरकार संगको सहकार्यमा काम गर्दै प्रणाली सवलीकरण सहजिकरण गरिएको महासंघका कार्यक्रम अधिकृत विष्णु पन्थले बताए ।

तपाईको प्रतिक्रिया