सयपत्री फूल र यसको महत्त्व

अहिले पहाड होस् या तराईका धेरै को घरबारी मा सयपत्री फुली रहेको छ | तिहारको मौसमले गाउँ होस् या सहर ढकमक्क सयपत्री फुलेर बातावरण र मौसम नै उल्लास मै भएको छ | यस फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ । अंग्रेजीमा ‘मैरी गोल्ड’ भनिन्छ । त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई ‘हजारी फूल’ भनेको पनि सुनिन्छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हुनुपर्छ । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ ।नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतरार्द्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ ।

मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आफै उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे । यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ । मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । अमेरिकामा पत्ता लागेपछि मात्र यसको फैलावट संसार भरि भएको हो । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात् मौलिक रूपमै हुन्छ । तर अन्य स्थानमा पुगेर आदत बदली तापक्रम अनुसार यो जुलाईदेखि अक्टुबरसम्म फुल्ने गर्दछ, तर आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् । विभिन्न रंग, आकार र प्रकार मा समेत हुने हुदा यसको मिक्स तवरले खेति गर्दा अझ सुन्दरता थपिने हुन्छ ।

सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ्र । तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संग संगै यसको खेति पनि फस्तौदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउमा यो राम्रो संग फुल्छ ।

हाईब्रिड प्रकारको सयपत्री खुल्ला जमिन मा भन्दा गमला वा अन्य फूलदानी मा रोप्दा बढी सौन्दर्यता देखिन्छ्र । खुल्ला रुपमा स्थानीय सयपत्री रोप्दा राम्रो हुन्छ ।

महत्व
धार्मिक , सामाजिक रुपमा मात्रै यसको महत्व हैन | यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति (लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् ।

  • कुखुराको फुल (अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात् कुकुर फूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने बर्षको अन्तपछिको मौसम सम्म यसको खेती गर्दा लाभदायक छ ।    -राजेन्द्र देवकोटा
तपाईको प्रतिक्रिया