साधारणतया हट बेड भनेको मौसममा, तापक्रम बृद्धि गरी बेर्ना उर्माने विधि हो ।
यस मौसममा यस विधिद्वारा लहरे तरकारीबालीको बेमौसमी वेर्ना उत्पादन गरिन्छ ।
सर्वप्रथम तरकारीको बीउलाई करिब २४ घण्टासम्म पानीमा भिजाउने र छिट्टै अंकुरणको लागि भिजेको बीउ कपडामा पोको पारी खाडलमा वा काचो गोबरमा ४८ घण्टासम्म राख्ने ।
माटो र पाकेको गोबर (२/२ भाग ), खरानी र बालुवा (१/१ भाग) मिसाई वा कोकोपिटको प्रयोग गरी ट्रे , पोलिव्याग वा साना प्लास्टिकको कपमा पूरा नभरिने गरि राख्ने ।
अब तरकारीको बीउ प्लास्टिक ब्याग वा ट्रेमा २-३ सेन्टिमिटर जति गहिराइमा तेर्सो पारी रोप्ने ।
hot bed तयार गरि बेर्ना उमार्ने तरिका :- १) सर्वप्रथम करिब १ मि. चौडाई, ५० से.मि. गहिराई र आवश्यकता अनुसारको लम्बाई भएको खाडल खन्ने ।
२) खाडलको पिधमा करिब १० से.मि सम्म पराल, खर राख्ने,
तेस्को फेरि १० से.मि. माथी सम्म काचो गाईवस्तुको गोबर मल राखी दिने।
३) फेरि त्यस माथिको १० से.मि सम्म पराल, खर वा सुकेको घासपात राखिदिने ।
४) अब त्यस् माथी करिब १०-१५ से.मि जति माटोले पुरिदिने ।
५) त्यसपछि उक्त ब्याडलाई २ वा २.५ मिटर लामो बाँसको भाटाले चौडाइतिरबाट अर्ध चन्द्राकारमा गाड्ने र सेतो प्लास्टिकले छोप्ने ।
६)माटो गोबर मल, खरानि, वालुवा र कोकोपिट भरिएको प्लास्टिक ट्रे वा थैलालाई पुरिएको माटो माथि लाइन मिलाएर राख्ने ।
७)बीउ उम्रेपछि बिहान घाम लागेकोबेला प्लास्टिक हटाउने र साझ छोपिदिने गर्नु पर्दछ ।
बेर्ना चारपातको भएपछि खेतबारीमा रोप्न सकिन्छ । 


कृषि रैबार । ३१ आश्विन २०७९, सोमबार