
वीरेन्द्रनगर नगरपालिका वडा नंबर १० स्थित ३ कुने चोकमा सधैंजसो लाग्ने तरकारी बजारमा भारतिय तरकारीको बिक्री वितरण भएको पाइएको छ । उक्त वडाका घुस्रा, मनिकापुर, रहलपुर, पातलगंगा, निकास क्षेत्रका किसानहरुले उत्पादन गरेका थोरै थोरै तरकारीहरु विक्री वितरण गर्नका लागि उक्त चोकमा दैनिक बिहानको समयमा लग्ने गरेकोमा वीरेन्द्रनगरमा रहेका केही व्यापारीहरुले मण्डिमा आउने गरेको भारतीय तरकारीहरु उक्त चोकमा लगि बिक्री वितरण गर्न थालेपछि सो क्षेत्रमा तरकारी व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यापारी एवं किसानहरुले बिक्री वितरणमा रोक लगाएका हुन् ।
खड्का तरकारी मण्डिका खेम बहादुर खड्का, जिआर फलफूल तथा तरकारी मन्डी का रमेश बुढा, शाही तरकारी तथा फलफूल पसलकि सुनिता शाही लगायतले मण्डिको तरकारी खरिद गरेर विक्री वितरण गर्ने गरेको, खुलारुपमा दिसापिसाप गर्ने गरेको, रोड अवरुद्ध गराउने गरेको, बेसमयमा आएर उक्त क्षेत्रमा होहल्ला गर्ने गरेको र नगरपालिकाको अनुगमन टोली समय सकिसकेपछि आउने गरेको जस्ता आरोपहरु लगाएका छन् ।
४ पटक निवेदन दिँदा पनि उक्त कुराको व्यवस्थापन नगरिएपछि आज बाध्य भएर उक्तवव्यवसायीहरुलाई हटाउन बाध्य भएको उनीहरुले जानकारी दिएका छन् । यस विषयमा वीरेन्द्रनगर नगरपालिकाको वाड नं १० का वडाध्यक्ष डिलबहादुर रखालले वडा कार्यालयकै सक्रियतामा हटाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
किसानको नाममा गैह्र किसानहरुले खुलमखुला रुपमा त्यसरी व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढ्ने, ताजा तरकारीको नाममा विषादीयुक्त कुहिएका तरकारी हरु खान बाध्य गराउने, राति नै जम्मा भएर होला गर्ने गरेको गुनासो आएपछि बाध्य भएर उक्त व्यापारीहरुलाई व्यवसाय सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् ।
यता किसान सन्तोष बुढा, तीर्थ थापा, तीर्थ बहादुर खत्री लगायतले वास्तविक किसानहरूको तरकारी मण्डि व्यवसायीले खरिद गरिदिएको खण्डमा आफूहरुले खुला क्षेत्रमा आएर त्यसरी तरकारी व्यवसाय सञ्चालन नगर्ने बताएका छन् । स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई यस विषयमा जानकारी दिदा नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो रहेको छ । आफूहरुले उत्पादन गरेको तरकारी बिक्री वितरणका लागि कुनै निश्चित क्षेत्रमा हाटबजार सञ्चालन गरिदिएको खण्डमा उक्त समस्याहरु नहुने किसानहरुले माग रहेका छन् ।
उल्लेखित समस्याहरु निराकरण गर्नका लागि स्थानीय व्यापारी, किसान एवं सरोकारवालाहरु बिच समन्वय गरी चाँडोभन्दा चाँडो निकास दिनुपर्नेमा स्थानियबासिको धारणा रहेको छ ।


कृषि रैबार । १२ आश्विन २०७९, बुधबार