धान बालीमा लाग्ने मुख्य कीरा र तिनको व्यवस्थाप

 

धान नेपालको प्रमुख खाद्यान्न बाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योदान गर्ने एकल बाली पनि हो । नेपालको कुल खेती योग्य जमिन मध्ये १५ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा खेती हुने यो बालीको उत्पादकत्व भने अन्य देश तथा महादेशहरुको तुलनामा निकै कम रहेको छ ।

विगत आधा शताव्दी भन्दा धेरै समयदेखि देशमा भैरहेका कृषि विकासका प्रयासहरुमा पनि यो बालीले मुख्य प्राथमिकता पाउदै आएको छ । त्यस अलावा रोग कीरा नियन्त्रणको नाममा स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याउने खालका बिभिन्न खतरनाक विषादीहरुको प्रयोग व्यापक मात्रामा भै रहेकोछ ।

फोरेट,थिमेट फ्युराडन जस्ता माटोमा प्रयोग गरिने बढी समय सम्म विषको असर रहने विषादीहरको प्रयोग बढि रहेको छ । त्यस्ता विषादीहरुको अव्यवस्थित प्रयोगबाट एकातिर माटोमा रहेका फाइदाजनक कीराहरु तथा सुक्ष्मजिवाणुहरु समाप्त भै रहेका छन् भर्ने अर्कोतिर बोट विरुवालाई हानी पुर्याउने कीराहरुमा विष पचाउने क्षमता लगातार बढिरहेको छ ।

जसका कारणले गर्दा बाताबरण सन्तुलनमा खलल पर्नुका साथै कृषकहरुलाई बाली संरक्षणको लागि अझ बढी खर्च गर्नुपर्ने भै रहेको छ । त्यति हुदा हुदै पनि उनीहरुले प्राप्त गर्ने उत्पादन भने बृद्धि हुन सकेको छैन ।

धान बालीमा लाग्ने मुख्य मुख्य हानिकारक शत्रु जीवहरु

धानमा लाग्ने पहेलो रंगको गवारो

यो धान बालीमा लाग्ने मुख्य किरा हो र धान बालीको जुन अवस्थामा पनि आक्रमण गर्दछ । धान डोलाउनु भन्दा अगाडि गवारोले क्षति गरेमा धानले क्षति पूर्ति गर्न सक्छ भने धानको बाला पसाउने र बाला निस्कने अवस्थामा क्षति गरेमा प्रत्यक्ष रुपमा उत्पादन घट्दछ । धानमा लाग्ने गभारोका धेरै जाति छन् र हामी कहाँ पाइने प्रमुख जातहरु पहेंलो गवारो, सेतो गवारो, धर्के गवारोहरु र गुलावी गवारोहरु हुन । यस मध्ये पहेंलो गवारो बढी हानिकार हुन्छ ।

क्षतिको लक्षण

फुलबाट निस्केका प्रत्येक लाभे धानको कलिलो अवस्थामा एउटा गाभो भित्र पस्दछ र गाभालाई बढ्न दिदैन वा मार्दछन जसलाई मृत गावा (म्भबम जभबचत) भनिन्छ । लाभेले बाला निस्कन लागेका बोटहरुमा पनि सुरुङ् बनाउँदछ र डाँठ मार्दछ र खेतमा भुस मात्र भएको सेता बालाहरु (धजष्तभ जभबम) देखिन्छ । यसरी गवारोले क्षति गरेको डाँठ उखेल्दा सजिलो सँग आउँछ ।

धान बालीको दुई अवस्था बढी गाँजिनु भन्दा पहिले र बाला निस्कने अवस्थामा गभारो संवेदनशील हुन्छन् । यी दुवै अवस्थामा डाँठमा सिलिकाको मात्र कमि हुन्छ । धानको डाँठमा प्वालमा विष्ठाको थुप्राले नै मुखमा लाभ्रे भर्खरैमात्र पसेको सँकेत गर्दछ ।

व्यवस्थापन विधि
– सालिन्दा धान काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाई दिने अथवा खेतलाई जोति गरि पानी पटाई दिने अथाव धान काटेपछि खेतलाई जोतिदिने र पानी पटाई दिने । गवारोका लाभेहरु।धानको डाँठमा जमिनको सतह नजिकै बसेर गुजार्ने हुनाले जति सक्दो जमिनको सतह नजिकै काट्ने ।

– धान खेतको आलीमा भटमास लगाउने ।
– प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरि मार्ने।

–  व्यासिलस थुरिन्जियन्सीस ३ ग्राम प्रति लिटर पानीको दरले छर्कने ।
– गवारोका लाभ्रेहरु फुलबाट निस्केको केही वेरमै धानको डाँठ भित्र पस्ने हुनाले रासायनिक विषादीहरुको प्रयोगले यिनको रोकथाम गर्न गाह्रो छ । थायोडान १-२ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नाले केही रोकथाम गर्न सकिन्छ ।

फड़के किरा

फड्के किराहरु धान बालीको अर्को प्रमुख किरा हो । यिनका रङ्ग र आकार विभिन्न हुन्छन् । कुनै हरिया, कुनै सेता र कुनै खैरा हुन्छन् । कुनै फड्के किराहरु पातबाट चुस्दछन् भने कुनै फड्के किराहरु पातको आधार बाट रस चुस्दछन् । हरियो पातको फड्के, नागवेलीयुक्त पातको फड्के र सेतो पातको फड्केहरु पातबाट चुस्दछन् भने खैरो फड्के, सानो खैरो फड्के र सेतो ढाड भएको फड्केहरु पातको आधारबाट चुस्दछन् ।

क्षतिका प्रकार

फड्के किराहरुले आफ्ना सियोजस्तो मुखाकृतिले पात र पातको आधारबाट रस चुस्दछन् । वोटको खैरो फड्केले चुस्दा विरुवामा खाद्यतत्वहरु प्रवाह हुने एक किसिमका पदार्थ छाड्दछन् जसले गर्दा विरुवाहरु ओइलाएर गएर पछि मर्दछन् । यसरी फड्के किराको आक्रमण बढी भएमा ठाँउ ठाँउमा धानका बोटहरु सुकेर मरेको देखिन्छ जसलाई अंग्रेजीमा हपरवर्न भन्दछ । त्यति मात्र नभई यिनीहरुले चुस्दा विरुवाहरुको तन्तुहरुमा प्रशस्त घाउहरु लाग्दछन् जसबाट सूक्ष्म जीवाणहरुले सजिलै सँग विरुवामा प्रवेश गरि विभिन्न थरिका रोगहरु उत्पन्न गराउँछन् । पातमा टाँसिएका यिनका गुलिलो दिशामा कालो ढुसीको पत्रहरु बढ्दछन् र विरुवाका प्रकाश संस्लेषणमा बाधा पुर्याउँदछ । फड्के किराहरुले विभिन्न किसिमका भाइरसजन्य रोगहरु पनि सार्दछ ।

♦ व्यवस्थापन विधि
– उपयुक्त जातको छनौट गर्ने । ढिलो लगाईएको भन्दा छिटो लगाईएको र ढिलो पाक्ने भन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाईएको छ ।
– गाँजको घनत्व कम गर्ने । धान रोप्ने समयमा प्रति गाँजमा २—३ वटा भन्दा बढी बेर्नाहरू नरोप्ने ।
– नाईट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने ।
– समय समयमा गोडमेल तथा सरसफाई गरी कीराको बैकल्पिक आश्रयस्थल नष्ट गर्ने ।
– ३–४ दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्नुपर्छ ।
– धानखेतको पर्यावरणमा मित्रजीवको संख्या अत्यन्त कम वा शुन्य र शत्रुजीवको संख्या अत्यधिक रहेको समयमा अन्तिम बिकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने । दैहिक बिषादीहरू एसीफेट ७५ प्र. एसपी (एसीफेट, आस्ताफ, लेन्सर) २ मिलि वा वुप्रोफेजिन २५ प्र एससी (वुप्रोलोड, डेभिफेजिन) १.५ मिलि वा फिप्रोनिल ५ प्र. एससी (रिजेन्ट,स्टाल्कर,डेभिजेन्ट प्लस) २–३ मिलि वा इमिडाक्लाप्रीड १७.८ एसएल (अनुमिदा, एटम, केमिडा, हिमिडा) १ मिलि प्रति ४ लिटर पानीमा वा कार्वो सल्फान २५ प्र. इसी (मार्सल) १ मिलि प्रति लिटर वा ट्राइजोफोस ४० प्र. इसी (व्राभो, जोस) १.२५ मिलि प्रति लिटर वा एजाडिराक्टीन ०.०३ प्र इसी (निम्वेसिडीन, मल्टीनीम) २ मिलि आलो पालो गरी एक–एक हप्ताको फरकमा छर्कनु पर्दछ । बिषादी छर्कदा धानको बिरुवा माथिबाट होइन कि बिरुवाको फेदमा पर्ने किसिमले छर्कनु पर्दछ ।

धानको पतेरो

धानको माउ र बच्चा दुबै हानिकारक हुन्छ । धानमा फुल फुल्न थालेपछि र दानामा द्ध पसेपछि यी कीराहरुले आफ्नो तिखो सँडले दानालाई छेडेर भित्रको दुध चुस्दछ । पातमा वढी आक्रमण भएमा बोट नै । पहेलिन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरुमा खैरा दाग देखिने, दानाहरु फोस्रा हुने अथवा आधा। फोस्रीएको दाना हुन्छ ।

♦ क्षतिको लक्षण
पातमा बढी आक्रमण भएमा वोट नै पहेंलिने हुन्छ र वालामा आक्रमण गरेको छ भने दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने  गर्दछ ।

♦ व्यवस्थापन विधि
– खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रयस्थललाई नष्ट गर्ने ।
– एकैसमय पाक्ने धानका जातहरू छनोट गरी  लगाउने ।
– प्रकाश पासोको माध्यमबाट वयस्क कीरालाई मार्न सकिन्छ ।
– डर्टी ट्रयापको प्रयोग गर्ने । यसको  लागि  गाई भैंसीको ताजा पिसावमा कपडा वा जुटको वोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बांध्ने र उक्त घोचोलाई धानबारीको बीचमा लगेर  गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिर पट्टिबाट प्लाष्टिकको झोलाले छोपी संकलन  गरी मार्ने ।
– यो कीराको प्रकोप ज्यादा भएमा अन्तिम बिकल्पकोरुपमा कीटनाशक विषादी जस्तै मालाथियन ५० प्र. इसी (साइथियन, अनु मालाथियन,सूर्याथियन) २ मिलि प्रति लिटर अथवा साइपरमेथ्रिन २५ प्र. इसी (अनुकील, साइपरसीड, केआइ साइपर) वा  अथवा फेन्भेलेरेट २० प्र इसी (अनुफेन, फेनभल, कीफेन ) ०.५ मिलि प्रति लीटर पानीका दरले कुनै एक विषादी विरुवा राम्ररी भिज्ने गरी छर्नुपर्दछ ।

मिलि बग
यो किराको प्रकोप सुक्खा पानि नजम्ने ठाउँमा र बढी झारपात भएको जमिनमा बढी हुन्छ । यस किराको माह र निम्फले धान बालीको पातको र गांजको रस चुसेर बोट सुकाउछ । यी किराहरुले धन बालीको पात र सराहरु जोडिएको ठाउँको भित्रि भागमा सेतो दुसी जस्तो पदार्थ बनाइ बसेका हुन्छन ।

♦ क्षतिको लक्षण
बिरुवा रोगाउने, बढ्न नसक्ने, जिङरिङ्ग परेर पहेंलिन्छन् र बिरुवामा बाला  लाग्दैन ।

व्यवस्थापन विधि
– खेतमा पानीको सतह बढाउने
– खेतभित्र र वरीपरी रहेका घाँसपातहरू हटाउने ।
– कीराको प्रकोप ज्यादा भएमा गवारोमा वताइएका विषादी प्रयोग गर्ने ।
– खेतमा कार्वोफ्यूरान (फ्यूराडन,डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४ प्र.जीआर (अनुदान, विदान, कीटाप, आदि) वा कारटेप हाइड्रोक्लोराइड ४ प्र. जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३ प्र जीआर(रीफ्री,रिजेन्ट,टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४ प्र जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ  छर्ने  । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन ।
– माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ।

धानको पात बेरुवा

वयस्क पुतलीहरु खैरा,नांगा हुन्छन् भने लार्भाहरु हल्का हरिया रंगका हुन्छन् । पुतलीहरुको पखेटामा। दुइवटा बांगा धर्साहरु हुन्छन । यसका लार्भाहरुले धानको पातलाई बेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ कोतरेर खान्छन र पात सुक्दछन् ।

♦ क्षतिको लक्षण
पातलाई वेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ खाईदिन्छन् र पात सुक्दछन् ।

♦ व्यवस्थापन विधि
– धान रोप्ने बेलामा स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्ने ।
– नाईट्रोजनयूक्त मलको उचित प्रयोग गर्ने ।
– धानखेतको राम्ररी गोडमेल गर्ने ।
– काँडेदार डोरी लिई दुवैछेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने । यसो गर्नाले धानको पातमा रहेका पात वेरुवाका लार्भाहरू पानीमा खसेर नष्ट हुन्छन्।
– बि. टी. नामक जैविक विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई खेतमा छर्कने । यसरी जैविक विषादी प्रयोग गर्दा प्रति हेक्टर जमिनमा ५००—६०० लीटर जैविक विषादी र पानीको झोल प्रयोग गर्ने ।
च प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने
सम्र्पक विषादी क्लोरीपाइरिफस २० प्र. इसी (डर्सवान,डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि वा कार्वो सल्फान २५ प्र. इसी (मार्सल) १ मिलि प्रति लिटर कारटेप हाइड्रोक्लोराइड ४ प्र. जीआर (अनुदान, विदान, कीटाप, आदि) १ मिलि प्रति लिटर वा लाम्डासहोइलोथ्रिन ५ प्र. इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा अजाडीराक्टीन ०.१५ प्र (मल्टीनेमोर,
निकोनिम) ३–५ मिलि प्रति लिटर दरले छर्ने

 

तपाईको प्रतिक्रिया