फोहर तह लगाउने, ग्याँसको खर्च जोगाउने

फोहर तह लगाउने, ग्याँसको खर्च जोगाउने

फोहरको व्यवस्थापन र इन्धनको खर्च । केही ग्रामीण इलाका बाहेक देशका अन्य भागका नेपालीले भोग्नु परेको साझा समस्या हुन् यी । हरेक दिन भान्छाबाट निस्किने फोहर कहाँ तह लगाउने समस्या एकातिर सबैलाई छ भने दिन प्रतिदिन महंगो हुँदै गएको तर अत्यावश्यक ग्याँसको विकल्प सबैलाई चाहिएको छ । पोखरा वास इन्डष्ट्रिज प्रा.लि. ले यसको समाधान लिएर आएको छ । घरबाट निस्किने फोहर र गोबर ग्याँससमेतबाट बायो ग्याँस उत्पादन गर्न सकिने यन्त्रको विक्रि गर्न थालिएको छ । यसै सन्दर्भमा कृषि र प्रविधिले सँस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कार्कीसँग यसबारे गरेको कुराकानी : 

 

Bio gas फेवा वायो ग्याँस के हो र यो कसरी तयार हुन्छ ?
फेवा वायो ग्यास, हामी सबैले बुझिरहेको गोबरग्याँस जस्तै गोबरग्याँस पलान्ट नै हो तर त्यसभन्दा अलि फरक कुरा चाहीँ यो आजको प्रविधिमा आधारित बहुउपयोगी आविस्कार हो । अहिलेको ग्रामीण जीवनमा सान्दर्भिक पुरानो गोबरग्याँस बिचको अन्तर परिपुर्ण गर्ने र स्थान्तरण गर्न मिल्ने गोबरग्यास पलान्ट हो । फेवा वायोग्यास एक घरायसी प्रयोजनका लागि निर्मित पआियोजना हो । यसले आजसम्म निर्मित तथा आयातित अन्य वायोग्यासको तुलनामा सुरक्षित, टिकाउ, मितव्ययी, स्थानान्तरण गर्न सकिने र प्रभावकारी वायोग्यास उत्पादन गर्छ अहिले पाइने तर कम प्रभावकारी विकल्पहरुलाई विस्थापित गर्दछ । यसबाट स्वदेशी अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै कृषकलाई आवश्यक पोषणयुक्त जैविक मलको उत्पादन समेत गर्छ ।
फेवा वाया ग्याँसको उत्पादन पोखरा वास इन्डष्ट्रिज प्रा.लि. ले नेपालमै रोटेस्नल मोल्डिङ प्रविधिबाट गरिरहेको छ । यसलाइ सामान्य समथर स्थानमा सजिलै ३० मिनेट भित्र जडान गरिन्छ र यसमा गोबर/कुहिने फोहोर भर्न सकिन्छ । यसरी गोबर÷कुहिने फोहोर सुरुमा भरेको १२–१५ दिनमा नै ग्यास उत्पादन भई खाना पकाउन तयार हुन्छ ।
यसलाई मल\फिड कति चाहिन्छ ?
अहिले फेवा वायो ग्यास ३.३ घनामिटरमा उपलब्ध छ । यसले चार देखि छ जना सम्मको परिवारलाई दैनिक नियमित खाना पकाउन पुग्छ । जसको लागि कम्तिमा हप्तामा ४० के.जी वा दैनिक ६ के.जी गोबर÷कुहिने फोहोर भए पुग्छ ।
गाइवस्तु नहुने परिवारका लागि कति किलो फोहोर चाहिन्छ ?
त्यसलाई पनि कम्तिमा हप्तामा ४० के.जी वा दैनिक ६ के.जी कुहिने फोहोर भए पुग्छ । 

यो सन्चालनका चुनौतिहरु के के छन् ?
यो अत्यन्त सरल भएको हुदाँ उपभोक्ताले सजिलै सन्चालन गर्न सक्छन् । गोबर नहुने र कुहिने फोहोरले मात्र यो प्लान्ट चलाउने उपभोक्ताले चाँहि यसमा हाल्न नहुने फोहोरको बारेमा सजक हुन जरुरी हुन्छ ।
जडान खर्च र पछिको खर्च कति हुन्छ ?
खर्च हैन लगानी भन्नुहोस । जडान गर्ने लगानी भौगोलिक निकटता÷विकटताका हिसाबले ७५ हजार देखि १ लाख २५ हजार रुपैँया सम्म खर्च हुन्छ । जडान पछिको खर्च खासै हुँदैन । यसले उत्पादन गर्ने ग्यास र जैविक मलको हिसाब गर्दा यसले एक वर्षमै लगानी उठाउँछ ।
यसको माग कतिको छ ? सामान्य किसानले खरिद यसलाइ खरिद गर्न सक्छ त ?
यसको माग राम्रो र बढ्दो क्रममा छ । सामान्य किसानलाई एकमुस्ट किन्न गाह्रो छ, तर स्थानीय सरकार, कृषि सहकारी, किसान क्रेडिट कार्डको सहकार्यमा सजिलै खरिद गर्न सक्छन् । मात्र एक वर्षमै लगानी उठाउने बस्तु आफैमा धेरै राम्रो लगानी हो ।

यो यन्त्रले कसरी काम गर्छ ?

बायोग्यासजैविक फोहर प्रयोग गरी उत्पादन गरिएको एक रंगहीन, ज्वलनशील ग्याँस हो । यसमा मुख्य गरि मीथेन (०–७०%) CO2 (२०–४०%) त्यस्तै अन्य ग्यासहरु H2s, NH3, Co; N2, H2, O2 र पानीको बाफ आदिको समिश्रण रहेको हुन्छ । जब बायोग्यासको मिश्रणमा किथेनको मात्रा  कम्तिमा ४५%  पुग्छ,  तब त्याे ज्वलनशील हुन्छ । बायो ग्याँसकाे   संरचना कच्चा पदार्थ (Feedstock) को स्रोत र उक्त कच्चा पदार्थलाई प्रयोग गर्ने (पाचन गर्ने) प्रक्रियाको व्यवस्थापनमा निर्भर गर्दछ । जैविक फोहोर वस्तु तथा गाईभैसीको मल एक अक्सिजन मुक्त वातावरणमा सूक्ष्म जीवहरुद्धारा टुक्रिन्छन र बायोग्यासको उत्पादन हुन सुरू हुन्छ । यस पद्धतिलाई “एनारोविक” पाचन पनि भनिन्छ ।

कसरि यस्तो यंत्र बनाउने र बिक्रि गर्ने सोचाइमा पुग्नु भयो ?

आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने हुटहुटिले वैदेशिक रोजगारी बाट फर्के पछि खानेपानी, सरसफाई र स्वच्छता, स्वच्छ उर्जा र खाद्यसुरक्षा क्षेत्रमा समाजले देख्ने र महसुस गर्ने खालको प्रभाव पार्ने अभिष्टको परिणाम स्वरूप पोखरा वास इन्डष्ट्रिज प्रा.लि. को स्थापना भयो । यसै कम्पनीको एक उत्पादन हो फेवा वायोग्यास ।

घरेलु वायोग्यास/गोबरग्यासमा नेपालले गरेको प्रगति प्रशंसनीय छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकाे अध्ययन अनुसार अहिले सम्मका आयोजनाबाट करिव १५ लाख जनसंख्यामा पहुँच पुगेको र देशभर करिव ११ लाख वटा बायोग्यास प्लान्ट निर्माणको सम्भावना देखिएको बताइएको छ । यो संगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनाबाट बनेका जी.जी.सी. मोडेलका लाखौं प्लान्टमध्य अहिलेको उच्च बसाँई सराई ( गाउँ नै नछोडेको अवस्थामा पनि पुरानो घर छाडेर बाटोको छेउमा नयाँ घर बनाउने लहर) र लैनो बर्केनो भैंसी संगै हल गोरु पाल्ने जीवनयापनबाट एउटा दुघ दिने गाई/भैंसी मात्र पाल्ने प्रचलनले कति प्लान्ट बेवारीसे छन् । त्यसैले जी.जी.सी. मोडेलको सान्दर्भिकता अहिलेको अत्यावश्यक छ । पुरानो गोबरग्यास र अहिलेको ग्रामिण जिवनयापनको बिचकाे खाडल पुर्ने संकल्पले नै यंत्र बनाउने र बिक्रि गर्ने बनायो ।

तपाईको प्रतिक्रिया