कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने मूल नाराका साथ कर्णाली प्रदेशमा पनि प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मनाइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, एकीकृत कृषि प्रयोगशाला, कृषि विकास निर्देशनालय, वीरेन्द्रनगर कृषि विकास शाखा लगायत कृषि सम्बद्ध साझेदार निकायहरूको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रमलाई कर्णालीमा उत्पादित कृषिजन्य उपजहरू हस्तान्तरण गरी सो कार्यक्रम मनाइएको हो।
मन्त्रालयका का.मु सचिव परशुराम रावतको अध्यक्षतामा सम्पन्न भएको सामग्री हस्तान्तरण कार्यक्रममा कृषि विकास निर्देशनालयका निमित्त प्रमुख तिलक प्रसाद पाण्डे एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकाय मानव सेवा आश्रम प्रादेशिक संयोजक संजिता गौतम, कृषि सम्बन्ध निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्रालयका कामु सचिव परशुराम रावतले राष्ट्रिय कोदो दिवस २०८२ का सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए भने मानव सेवा आश्रमकी संजिता गौतमले आश्रममा आश्रय लिइरहेका आमाबुवाहरुका लागि रैथाने वस्तुहरू उपलब्ध गराएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरिन् ।
आयोजकका तर्फबाट मानवसेवा आश्रमलाई कागुनो २० केजी, कोदोको पिठो ५० केजी, दूध ५० लिटर, चिनी १० केजी, खिर मसला २ हजार बराबर, आलु १०० केजी, बन्दा काक्रा २ हजार बराबरको हस्तान्तरण गरिएको थियो ।
मन्त्रालयका का.मु सचिव परशुराम रावतद्वारा प्रस्तुत कार्यपत्रको पुर्णपाठ…..(तल पढ्नुहोस्)
प्रथम रास्ट्रिय कोदो दिवस-२०८२
“कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”
प्रस्तुतकर्ता: परशुराम रावत, कामु सचिव
नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२/३/२३ को बैठकले हरेक बर्ष श्रावन १६ गतेका दिन रास्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय अनुरुप आज कर्णाली प्रदेशमा पनि बिबिध कार्यक्रम गरि प्रथम कोदो दिवस मनाउन गई रहेको छौ | सर्ब प्रथम प्रथम रास्ट्रिय कोदो दिवसको सम्पूर्णमा हार्दिक सुभकामना ब्यक्त गर्न चाहान्छु |

वेदमा समेत कोदोजस्ता तृणधान्यको वर्णन भएकोले यो प्राचीनकालदेखिको अनाज हो । इतिहासको कुनै कालखण्डमा कुअन्न, कुधान्य, क्षुद्रधान्य,पाङदुरे बाली र गरीबको खानेकुराको रूपमा अपमानित भएको यथार्थ रहँदारहँदै पनि पछिल्ला समयमा यो अनाज सम्पन्न र जान्नेबुझ्नेका लागिउत्तम आहारका रूपमा प्रयोग हुन थालेको छ ।शुस्म पौष्टिक तत्वहरु (calcium, Iron, potassium) मा धनि, रोग-किरा प्रतिरोधी क्षमता, जलवायु अनुकुलित (सुख्खा, कम मल आबश्यक पर्ने) जस्ता गुणहरुले गर्दा खाद्य सुरक्षा,पोषण, आयआर्जन र जीविकोपार्जनमा यसको विशेष महत्त्व छ ।
३००० बर्ष पहिले अफ्रिकाबाट एसिया महादिपमा भित्रिएको कोदो बाली हाल २५ देशहरुमा खेति गर्ने गरिन्छ | बार्षिक ४.५ मिलियन टन उत्पादनको ४५ % हिस्सा एसियाले ओगट्ने गर्दछ | छिमेको देश भारत दोश्रो ठुलो कोदो उत्पादक हो | नेपालमा धान, गहु, मकै पछि चौथो महत्वपुर्ण खाद्यान्न वालीको रुपमा रहेको कोदोजन्य बालीहरूलेआर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा ठुलो योगदान पुर्याईरहेका छन् । कोदोजन्य बाली अन्तर्गत कोदो,चिनो, कागुनो, जुनेलो, बाजरा लगायतका बाली पर्दछन् |
नेपालको ७७ जिल्लाहरुमा समुन्द्री सतह देखि ६० मि. देखि ३६५० मि. सम्म कोदोजन्य बालीहरूको खेती हुने गरेको छ । खाद्यान्न बालीको ७.९ % क्षेत्रफल र उत्पादनको ३.३ % हिस्सा ओगट्ने कोदोजन्य बाली तराई, पहाड र हिमालमा क्रमस ३ %, ७८% र १०% क्षेत्रफल मा खेति हुने गरेको छ | हाल नेपालमा १२ प्रजातिका कोदोको ११०० landraces जसमध्ये ३ प्रजातिहरु (E. Coracano, Indica, Zegyptiaca) को खेति गर्ने गरिन्छ |
नेपालमा २,६५,४०१ हे. जमिनमा खेति हुने र ३२६, ४४३ टन कोदो उत्पादन हुने तथ्यांक छभने कर्णाली प्रदेश मा १७०८४ हे. जमिनमा खेति भई २१,४५५ टन उत्पादन हुने गर्दछ | उत्पादनका दृष्टिले गण्डकी प्रदेशको बाग्लुंग जिल्ला र उप्तादकत्व (१.९७ टहे.), कोशी प्रदेशको उदयपुर जिल्ला सबैभन्दा अगाडी रहेको छन् | कर्णाली प्रदेश को हुम्ला र मुगु जिल्लामा कोदो जन्य बालि प्रथम खाद्य बालीर जुम्लामा दोस्रो खाद्य बालीको रुपमा रहेको छ | कर्णाली प्रदेशमा खाध्य सुरक्षाको दृष्टिकोणले २८३६५ मे.ट बचतमा रहेको भएतापनि हिमाली जिल्ला हरु डोल्पा, हुम्ला, मुगु र कालिकोटहरुमा २२, ६७३ मे.ट खाद्यान्न अपुग भएको तथ्यांक छ | कृषि मन्त्रालयको २०१९ को तथ्यांक अनुसार, नेपालमा १८०.१ मिलियन रुपैया बराबरको कोदोजन्य बाली खाद्यान्न, बेकरी, मादक पदार्थ, र उद्योगका लागि आयात भएको छ |
कर्णाली प्रदेशमा भूगोल बनावट, हावापानी र खेति अभ्यासहरु हेर्दा कोदो बालीको निकै सम्भावना रहेको छ | यस क्षेत्रमा लामो समय देखि खेति हुदै आईरहेको हुनाले धेरै जातीय बिबिधता पाइने गरेको छ | विभिन्न संघ/संस्थाको समन्वयमा हुम्ला जिल्लाको दुधे चिनो, जुम्ला जिल्लाको रातो कोदो राष्ट्रिय बिउ प्रणालीमा बिधिबत दर्ता भई गुणस्तरीय बिउ उत्पादन कार्य अगाडी बढिरहेको छ |
कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्थानीय, रैथाने बालीहरुको प्रबर्द्धन र संरक्षणमा ध्यान दिदै आफ्ना बार्षिक नीति तथा कार्यक्रम मार्फत योगदान पुर्याउदै आइरहेको सबैमा बिबिधई छ | हाल मन्त्रालयले संघीय कार्यक्रम अन्तर्गत प्रांगारिक खेति प्रबर्द्धन, रैथान बाली प्रबर्द्धन कार्यक्रम हरु प्रदेशकै १० जिल्ला हरुमा कृषि विकास कार्यालय र स्थानीय तहहरु संगको समन्यव र विभिन्न विकास साझेदारहरु संगको सहकार्यमा संचालन गर्दै आइरहेको छ | मन्त्रालयले कर्णालीका स्थानीय बालीहरु कोदो, चिनो, कागुनो, सिमि, मार्से, फापर, स्याउ, ओखर आदि उच्च मूल्य बस्तुहरुको सहज बजार र मुल्यका लागो मुल्यवान मापदण्ड तयार गरि कार्यन्वयन गरिरहेको छ भने कोदो जन्य लगायत रैथाने बालीहरुको खाद्य परिकारको बिबिधता र प्रबर्द्धन गर्न मेला महोत्सब जस्तो क्रियाकलाप निरन्तर रुपमा गर्दै आइरहेको छ | कर्णालीलाई थाह छ कि कर्णालीको सम्वृद्धि यहाको स्थानीय र रैथाने बस्तु बाट हुन छ जो भूगोल सुहाउदो, जलबायु अनुकुलित हुने क्षमता भएको र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण छन | यी बालीहरुको संरक्षण, प्रबर्द्धन र ब्यबसायिकरण गर्न अनुसन्धान ( Ex- situ, In-situ conservation, Participatory Plant Breeding), स्थानीय बिउ प्रणाली सबलीकरण ( Registration, community seed/gene bank, seed production), महिला मैत्री कृषि औजार र उपकरण ( thresher, Grain processer)र मुल्य सृंखला सबलीकरण ( Agro tourism, local food recepies) कृषक प्रोत्शाहन कार्यक्रम र उपभोक्ताको चेतना अभिवृद्धि थप सहयोग गर्नु पने आबश्यक देखिन्छ |
धन्यबाद !


कृषि रैबार । १७ श्रावण २०८२, शुक्रबार