कुम्भमेलाका तिर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटनामा

सुर्खेत —कुम्भमेलाका तिर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । सुर्खेतको भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बस बाटोबाट आफैं अनियन्त्रित भइ पुल नजिकबाट ७÷८ मिटर तल खसेको छ । बसमा कति यात्रु सवार थिए भन्ने समेत यकिन हुन बाँकी नै रहेको छ । अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । दुर्घटना करिब सवा ५ बजे भएको प्रहरीको भनाइ छ । उक्त बस सुर्खेतबाट नेपालगञ्ज हुँदै भारतको कुम्भमेला जाने तयारीमा रहेको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया