कृषि रैवार सम्बाददाता, सुर्खेत ।
कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मु.अ.कर र अन्य वृद्धि गरिएको विषयमा बिषादी व्यवसायी संघ नेपालले यसको विरुद्ध आन्दोलन समेत गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत वजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर (भ्याट) लागु गरिएको र यस संघले प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत विशिष्ट व्यक्तिहरुलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर हटाइदिन “विन्ति पत्र“ दिएर अनुरोध समेत गरेका थिए । २०८१कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मु.अ.कर र अन्य वृद्धि गरिएको शुल्कको विरुद्ध व्यवसायीद्धारा विरोध ११ गते प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट उक्त बजेटलाई नै सोहि निर्णय पास गरेको साथै जीवनाशक विषादी ऐन २०७६ अन्र्तगत हालै मन्त्री परिषद्बाट समेत पास गरिएको थियो ।
प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा ५०० प्रतिशत देखि १००० प्रतिशतसम्म एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकोले यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगाएत नेपाली किसानहरु माथि ज्यादती थोपर्ने र कृषि पेशामा आवृद्ध हाम्रो पेशालाई धरापमा पार्ने कार्यहरु गरेको समेत संघले निष्कर्ष निकालेको थियो ।
साथै संघले कृषि बालीनालीमा प्रयोग हुने विपादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दै बिरोध असार १४ र १५ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गरी पसलहरु समेत बन्द गरेका थिए । यो माग पुरा नभएसम्म विभिन्न चरणमा विरोधको कार्यक्रम व्यक्त गर्न सामाजिक संजाल, पत्र पत्रिका र संचार माध्यमको प्रयोग गरी आफ्नो विरोध कार्यक्रम प्रस्तुत गर्न समेत संघले अनुरोध गरेको छ ।
कृषि रैबार । १७ असार २०८१, आईतवार