तेस्रो कर्णाली एक्स्पोको सबै तयारी पुरा

कृषि रैवार सम्बाददाता, सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन गर्न लागिएको तेस्रो कर्णाली एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । वीरेन्द्रनगरको कर्णाली रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन गर्न लागिएको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको हो ।
कर्णालीका रैथाने बालीको प्रवद्र्धन र सम्वद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको छ । महोत्सवमा उद्यमीका उत्पादनलाई विशेष स्थान दिइन प्रदर्शन गरिने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए ।

यहीँ फागुन १४ गतेबाट सञ्चालन गर्न लागिएको महोत्सव स्थलमा अहिले पाँच सय स्टल निर्माणको काम जारी रहेको कँडेल बताउँछन् । कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार–प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पुर्‍याउने विश्वास लिएको कँडेल बताउँछन् ।
साथै, महोत्सव प्रवेश गर्ने मुख्य गेटमा कर्णालीकै प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यैको प्रतिमा निर्माण गर्न लागिएको छ । साथै, महोत्सवमा सेल्फी प्वाइन्टहरु राखिनेछ । महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागी रहने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया