कागतिको बिरुवा: झापामा उद्घाटन गरेर कालिकोट रोपियो

विनोद कंडेल, सुर्खेत
हालै सम्पन्न अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनमा सातै प्रदेशको माटोमा लगाइएको कागतीको बिरुवा लगायत अरु बिरुवामा सप्त नदिको पानीले सिन्चित गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्ब प्रधानमन्त्री के पि शर्मा ओलीबाट

आदिवासी रंगशाला केर्खा, झापामा ३० चैत्र, २०७९ मा उद्घाटन गरियो । लगाइएको उक्त कागतीको बिरुवा महासम्मेलन समापन पछि झापा-इटहरी-बि पि राजमार्ग (कटारी, सिन्धुलिगढी, धुलिखेल)-काठमाडौं-बुटवल-कोहलपुर-सुर्खेत-कर्णाली राजमार्ग हुदै सान्नी त्रिबेणी-५, साकेज्युला, कालिकोटमा पुग्यो । किसान जागरण अभियानका लागि वीरेन्द्रनगर सुर्खेतबाट सुरु गरिएको यात्रा लगभग २९०० कि.मि. दुरि पार गरि कालिकोटमा पुगेर समापन भयो ।

सम्पुर्ण श्रमजीवी किसानका समग्र साझा सवालमा किसानको एकता, सद्भाव, सहकार्य एवं ऐक्यबद्धताको संदेश प्रभाह गराउन र किसानका साझा सवालमा ताप्लेजुङका किसानलाई पिर पर्दा हुम्लाका किसानको मन दुखोस, बझाङका किसानको आँखा रसाओस अनि सिराहाका किसानबाट मलम पट्टी लगाइयोस भन्ने जस्ता साझा भावनाको विकास गराउन किसान जागरण अभियान गरिएको अखिल नेपाल किसान महासंघ, कर्णाली प्रदेशका कोषाध्यक्ष गगन ब. शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया