प्रदेश स्तरीय नितिगत सम्वाद सम्पन्न

विनोद कंडेल
खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुताको व्यवहारीक कार्यान्वयनको अवस्था वारे प्रदेश स्तरीय नितिगत सम्वाद सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, कर्णाली प्रदेशको, सुर्खेतको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता, राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष नवराज बस्नेत, भुमी वयवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायत, पशु बिकास निर्देशनालय, सुर्खेतका प्रमुख कृष्ण प्रसाद पङ्गालीको विशेष आतिथ्यता तथा प्रदेशमा कृषीको क्षेत्रमा कृयाशिल संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


उक्त कार्यक्रममा महासंघको तहगत संरचना अन्तरगत कृषक समुहका किसान प्रतिनिधिहरु र सरोकारवाला व्यक्तिहरु गरी करिव २०० जनाको उपस्थितिमा किसान अभियान र सवालगत पैरवी,पर्यावरणीय कृषि, खाद्यअधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुताको अवधारणा एवं नीतिगत प्रावाधन र तहगत सरकारको भूमिका, खाद्य अधिकारको स्थानीयकरण, लैङ्गिक समानता र सामाजिक समावेशीकरण एवं लैगिक मैत्री कृषि जस्ता विषयहरुमा केन्द्रित रहेर सम्वाद सञ्चालन गरिएको थियो ।


राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष सन्त बहादुर केसीको अध्यक्षतामा सञ्चालन गरिएको तालिममा महासङ्घका केन्द्रिय उपाध्यक्ष शशीराम आचार्यले कार्यक्रमको विषयबस्तु बारे जानकारी दिदै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


तालिममा खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, नितिगत प्रावधान र तहगत सरकारको भुमिका, खाद्य अधिकारको स्थानीयकरण, लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा कसरी महासंघले सहकार्य गरेर कार्यक्रमहरु अगाडि बढाइरहेको छ, आगामी दिनमा महासंघले कसरी कार्यक्रमहरु सञ्चालन गर्ने योजना लिएको छ र पछाडि पारिएका समुहगत सम्प्रदायको उत्थानका निमित्त महासंघले कस्ता खालका कार्यक्रमहरु आयोजना गर्दा उनीहरूको दैनिक जीवनयापन सहज हुन्छ, उनीहरुलाई कसरी आर्थिक रुपमा सशक्त बनाउन सकिन्छ साथै राज्यद्वारा कृषक समूहका नाममा उपलब्ध गराउँदै आइरहेका सेवा सुविधाहरुमा समन्वय एवम् सहकार्य गर्दै समूहमा आबद्ध हुने कृषकहरुलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक उत्सव जिसीले जानकारी दिए ।

कार्यक्रममा आसमान नेपालका बिनोद शर्मा, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय संयोजक केदार कोइराला र मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले आफ्नो प्रस्तुति राखेका थिए भने कार्यक्रमका केहि प्रतिनिधिले कृषि क्षेत्रका र आफुले भोगेका समस्याका विषयमा कुराहरु राखेका थिए ।

तपाईको प्रतिक्रिया