साना किसानको स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन

मनिष गहतराज
साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर–३, उत्तरगंगा, सुर्खेतको २७ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

सस्थाका का.वा. अध्यक्ष श्री विन्द्रा थापा को सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख आतिथीको रुपमा कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गको उपस्थिति रहेको थियो ।

त्यस्तै विषेश अतिथीको रुपमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ईलाका कार्यलयका ईलाका प्रवन्धक हरी प्रसाद न्यौपाने , नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का लेखा समिती सदस्य चिरन्जीवि केसी , कृषि विकाश निर्देशनालय, सुर्खेतका बाली बिकास अधिकृत याम बहादुर राना , साना किसान कृषि सहकारी संस्था लि. लाटीकोईलीका अध्यक्ष शान्ती शिंह र महिला साना किसान कृषि सहकारी संस्था कुनाथरीका प्रवन्धक दिलिप कुमार सारु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम संस्थाका बरिष्ठ सहायक उत्तम लामिछाने संचालन गरेका थिए भने कार्यक्रमको उद्देश्यका वारेमा संस्थाका सहायक प्रवन्धक पुष्पा देवकोटाले प्रकास पारेकी थिइन् । संस्थाको प्रगती , हाल सम्मको अवस्थाको वारेमा सस्थाका मुख्य प्रवन्धक चित्र प्रसाद रेग्मीले जानकारी दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सभामुख नन्दा गुरुङ्ग ले आफु स्वयम् यसै साना किसान कृषि सहकारी संस्थाको पुरानो सदस्य रहेको र आफ्नो आजसम्मको सफलताको पछाडी कुनै न कुनै तरीकाले सो सहकारीको भुमिका रहेको र बास्तविक कृषकको पहीचान गरी उनीहरुकै माग अनुसारको आवश्यक तालीमहरु प्रदान गर्दै आजको यस्तो आर्थिक मन्दी जस्तो विषम परिस्थितिमा पनि प्रदेशको कुनै आर्थिक प्याकेजमा सहभागी नभई सहुलियत व्याज दरमा कृषि ऋण प्रदान गरी आर्थिक उन्नतीका लागि सहयोग गरीरहेकाले आगामी दिनमा सो सहकारीको प्रगतीको कामना व्यक्त गरिन् ।


स्थापना दिवसमाको अवसरमा सहकारीले अन्तर समुह स्तरिय हाजीरी जवाफ प्रतियोगीता , म्युजीकल चियर , बेलुन फुटाउने प्रतियोगीता लगायतका खेलहरु समेत आयोजना गरेको थियो ।

त्यस्तै कार्यक्रममा बृद्ध शेयर सदस्य सम्मान , कमजोर आर्थिक अवस्था भएका २ जना सदस्यहरुलाई आर्थिक सहयोग, विशेष क्षमता सहयोग , उत्कृष्ट बाल बचतकर्तालाई पुरस्कृत , अन्तर समुह पुरस्कार , शेयर सदस्यका छोरा छोरीबाट एस।ई।ई।मा उत्कृष्ट नम्वर प्राप्त गर्ने १ छात्र र १ छात्रालाई पुरस्कार , उत्कृष्ट तरकारी खेती गर्ने १ किसानलाई पक्की टनेल वितरण साथै प्रतियोगितात्मक खेलहरुका प्रथम , द्वितिय र तृतिय स्थान प्राप्त गर्नेलाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया