अटोमा छोडिएको सामान प्रहरीद्वारा पिडितलाई हस्तान्तरण

सार्वजनिक सवारीमा यात्रा गर्दा कहिले काहीँ तपाइले केही सामान छुटाउनु भएको छ होला । हराएका सबै सामान फिर्ता पाएको वा सवारी चालकले विरलै मात्र फिर्ता दिएको घटना सार्वजनिक भएको हुन्छ । यस्तै एउटा घटना सुर्खेत जिल्लाको सदरमुकाम विरेन्द्रनगरमा भएको छ । विरेन्द्रनगर नगरपालिका वडा नम्बर ०६ बस्ने स्वस्तिमा आचार्य शुक्रबार घरबाट बसपार्क जाने बेला एउटा अटोमा रु।१२ हजार बराबरको कपडा र १ लाख ३० हजार रुपैयाको रिचार्ज कार्ड भएको झोला बिर्सिन । त्यति धेरै मूल्य बराबरको सामान हराएपछी उनले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा निवेदन पेश गरिन ।

सामान हराएको ५ दिन पछि आज जिल्ला प्रहरी कार्यालयबाट सामान भेटिएको र उक्त सामान बुझिलिन कार्यालय आउनु भनेर खबर गरियो । कार्यालयमा जादा अटो नम्बर भे।१।ह ४५८७ का चालक डिल बहादुर विश्वकर्मा आफुले अटोमा भेट्टाएको सामान सहित कार्यालयमा उपस्थित भइसकेका थिए ।

सामान भेट्टाउने अटो चालक डिल बहादुर

झट्ट हेर्दा कुनै कहानी जस्तो घटना भए पनि हराएको सामान बिरलै मात्र फिर्ता पाउने गरेको सन्दर्भमा उक्त सामान भेटिने कुनै पनि आश नरहेको स्वस्तिमाले बताइन् । यता अटो चालक डिल बहादुरले सानातिना घटना घट्ने गरेको र सम्बन्धित यात्रुलाई समयमानै दिने गरेको भए पनि यति ठूलो परिमाणमा सामान आफुले पहिलो पटक भेट्टाएको र सामान खोजे यात्रुलाई उपलब्ध गराउने सोचमा घरमा लगेर सुरक्षीत राखे । धेरै दिनसम्म पनि कसैले नखोजे पछि आज आफैले जिल्ला प्रहरी कार्यालयमा बुझाएको र सम्बन्धित व्यक्तीलाई उक्त सामान सकुसल फिर्ता दिन पाउँदा खुशी व्यक्त गरे ।
हराएको सामान फिर्ता पाउने यस्ता घटना विरलै सुन्न पाइए पनि आफ्नो सवारी साधनमा भेट्टाएको सामान समयमानै चालकले प्रहरीको जिम्मा लगाइ दिएको अवस्थामा पिडितलाई पनि सहजता हुने र प्रहरीलाई पनि खोजी कार्यका लागि जनशक्ति थप गर्नु पर्ने समस्या नहुने कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताउनु भयो ।

पिडित पक्षलाई सामान हस्तान्तरण गर्दै प्रहरी नायव उपरीक्षक सुरज कार्की

 

तपाईको प्रतिक्रिया