अब किसानलाई दिइने सबै सेवा सुविधा ‘डिजिटलाइज’ हुने

कृषि तथा पशुपक्षी विकास मन्त्रत्रालयका सचिव डा. गोबिन्द प्रसाद शर्माले किसानलाई दिइने सबै सेवा सुविधा अव डिजिटलाइज हुने बताएका छन् ।

शुक्रबार ‘कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल’ कार्यक्रममा बोल्दै सचिव शर्माले सरकारबाट किसानलाई दिइने सबै सेवा सुविधा डिजिटलाइज गर्न लागेको बताएका हुन् । त्यसको लागि अहिले सफ्टवेयर निर्माणको काम भइरहेको छ ।

No description available.

सरकारबाट किसानले पाउने अनुदान, कृषि कर्जा लगायतका सेवा सुविधाको दुरुपयोग भयो भन्दै धेरै आलोचना हुने गरेको छ । त्यसैले अब सरकारबाट किसानले पाउने सेवा सुविधा डिजिटलाइज गर्न लागेको बताए ।

उनले भने,‘किसानले पाउने सेवा सुविधा वास्तविक किसानले पाएनन् भनेर धेरै आलोचना हुने गरेको छ । अब डिजिटलाइज गरेपछि कुन किसानले कहाँबाट कस्तो सेवा सुविधा पाइरहेका छन् भनेर सफ्टवेयरको माध्यमाबाट थाहा हुन्छ र उसले सेवा सुविधा दुरुपयोग गर्न सक्दैन ।’

साथै उनले नेपालमा कृषि क्षेत्रमा धेरै चुनौती रहेको पनि बताए । कृषि क्षेत्र एकदमै जोखिम छ। लगानी गरे अनुसार उत्पादन नहुँदा किसान मर्कामा परिरहेका छन् । यसैलाई मध्यनजर गर्दै सरकारले सहुलियत कर्जा, अनुदान लगायतका कार्यक्रम लागु गरेको पनि उनले बताए ।

यस्तै कार्यक्रममा उपस्थित विभिन्न बैँकका प्रतिनिधिहरूले कृषि क्षेत्रमा कर्जा महत्त्वपूर्ण रहेको बताएका छन् । पछिल्लो समय बैङ्कहरूले कृषिमा लगानी बढाइरहे पनि प्रभावकारी नभएको गुनासो बढेको भन्दै त्यसको अध्ययन गर्न सरकारसँग माग पनि गरेका छन् ।

पछिल्लो समय कृषि कर्जाको माग बढ्दो छ । वार्षिक १० खरबको कृषि कर्जा माग हुने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया