हिंसा न्यूनीकरणका लागि अभियान चलाउदै सोसेक नेपाल

कृषि रैवार सम्बाददाता, सुर्खेत । सोसेक नेपालको आयोजना र वीरेन्द्रनगर नगरपालिका ४ नम्वर वडा कार्यालयको समन्वयमा टोल विकास सस्थाका प्रतिनिधिहरु, आमा समूह, युवा क्लव, बन समिति लगायतको उपस्थितिमा हिंसा र प्रभाव विषयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सोसेक नेपालको कार्यक्रम अनुसार वडा भित्र रहेका सम्बन्धित साझेदारहरुको उपस्थितिमा सो कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रम हिंसा र हिंसाले पार्न सक्ने प्रभावको उचित व्यवस्थापनमा  केन्द्रित रहेको सोसेक नेपालकी प्रतिनिधि मन्जु वलीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै समुदायमा कुनै न कुनै किसिमबाट अझै पनि कोहि न कोहि हिंसामा परिरहेको हुन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै सो को उचित परामर्श र व्यवस्थापनमा सरोकारवाला सबैको भुमिका उत्तिकै महत्त्व हुने वडा अध्यक्ष शेर बहादुर केसीले जानकारी दिए । प्रतिनिधिको उपस्थितिमा मात्र गरिएको उक्त कार्यक्रम कार्ययोजना सहित प्रभावित स्थानको पहिचान गरि समुदाय स्तरमा नै गर्नु पर्ने कार्यपालिका सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि टीका घलेको राय थियो । हिंसा, कारण र प्रभाव सम्बन्धी तालिमको सहजीकरण सोसेक प्रतिनिधि मन्जु वलीले गरेकी थिइन् भने हिंसा प्रभावित व्यक्तिहरुको संकट व्यवस्थापन बारे स्वास्थ्य प्रतिनिधि राधा कंडेलले जानकारी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया