पहाडी क्षेत्र लक्षित फलफुल कार्यालयको मन्त्री शर्माद्वारा उद्घाटन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास परियोजनाको कर्णाली प्रदेश स्थित आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्धघाटन गर्नुभएको छ।

एसियाली विकास वैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत संचालन हुने पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास कार्यक्रमको कार्यालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय,कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा स्थापना गरिएको कार्यालयको एक कार्यक्रमका वीच मन्त्री शर्माले उद्धघाटन गर्नु भएको हो।


कार्यालय उद्धघाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले कर्णाली प्रदेशका ९ जिल्लाका २० स्थानिय तहमा कार्यान्वयन हुने पहाडी क्षेत्र काष्ठफल तथा पलफुल विकास परियोजनाले कर्णालीमा फलफुल उत्पादन बृद्धि गर्दै रोजगारी सृजना गर्ने भएकाले प्रदेशका ९ जिल्ला २० स्थानीय तहमा काष्ठफल तथा फलफूल विकास कार्यक्रममा टेवा पुर्याउने बताउनु भयो।


कर्णाली बिबिधता पुर्णा हावापानी भएको प्रदेश भएकाले यस प्रदेशको कृषि पशु र पलफुल उत्पादन बृद्धीबाट प्रदेशमा रोजगारी सृजना हुने भएकाले यस परियोजनाले रोजगारी सृजना गर्न सहयोग गर्ने बताउनु भयो।


पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतमा स्थपाना हुने भएकाले अब यस परियोजनाले प्रदेशका ९ जिल्लाका २० स्थानिय तहमा काम गर्ने ढोका खुलेको छ।

परियोजना सञ्चालन हुने ९ जिल्लाका २० स्थानीय तहको विवरण

क्र.स. प्रदेस र जिल्ला गा.पा. र न.पा.
१ रुकुम पश्चिम वाफीकोट, मुसीकोट, सानीभेरी
२ सल्यान सिद्धकुमाख, शारदा
३ जाजरकोट छेडागाड, जुनीचाँदे
४ दैलेख आठबीस, नारायण, चामुण्डाविन्द्रशैनी
५ कालीकोट कालीका, नरहरीनाथ
६ जुम्ला हिमा, सिजा, कनकाशुन्दरी
७ मुगु खत्याड, सोरु
८ हुम्ला ताजाकोट, अदानचुली
९ डोल्पा मुड्केचुला
जम्मा ९ २०

कृषि मन्त्री शर्माद्वारा NAFHA परियोजनाको प्रदेश कार्यान्वयन एकाइ कार्यालय उद्धघाटन

तपाईको प्रतिक्रिया