दर्शन कर्णालीले पूर्वाग्रही ढंगले समाचार बनाएको भन्दै ईगरब्रिज स्कूलको आपत्ती

विनोद कंडेल
वीरेन्द्रनगर–१० स्थित ईगरब्रिज बोर्डिङ स्कुलले एक विज्ञप्ति जारी गर्दै पत्रकार चिन्तामणि कँडेलले ‘दर्शन खबर’ ९युट्युब च्यानल मार्फत प्रसारण गरेको समाचार प्रति आपत्ति जनाएको छ । वैशाख २१ पत्रकार कँडेलले दर्शन कर्णाली युटुब च्यानल मार्फत प्रसारण गरेको समाचारमा ईगरब्रिज स्कूलले कक्षा १२ को भौतिकशास्त्र विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक गरेको आरोप लगाइएको छ ।

आज सोमबार विद्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनामा विद्यालय, शिक्षक र कर्मचारीको कुनै संग्लनता नभएको जिकिर गरेको छ । साथै विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र नै नभएको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा तथ्याङ्क पुष्टि नगरी वा विद्यालयबाट जानकारी नलिई पूर्वाग्रही ढंगले समाचार प्रसारण गरिएको आरोप लगाइएको छ ।

उक्त झूटो समाचारले विद्यालयको प्रतिष्ठामा गम्भीर असर परेको जिकिर गरिएको छ । साथै विद्यालय प्रशासनले भ्रामक सूचना र समाचारबाट अलमलमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै प्रश्नपत्र बाहिरिएको घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र न्याय दिलाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएको विद्यालयले सार्वजानिक गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै दर्शन कर्णाली नामको फेसबुक पेजमा अन्ततः हट्यो इगरब्रिजको क श्रेणीको ठूलो बोर्ड क्याप्सन सहित पोष्ट गरिएको तस्बिर प्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ । साथै भौतिक निर्माण कार्यका लागि १० दिन अघि नै उक्त बोर्ड हटाइएको विद्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया