सुनिता न्हेम्हाफूकी
कृषि हिजो, आज र भोलि भन्ने एउटा छलफल कार्यक्रममा कार्यक्रम प्रस्तोताले मलाई कृषिमा महिलालाई पैसा तिर्नु नपर्ने श्रमिकबाट व्यवसायीमा परिबर्तन गर्ने के गर्नुपर्ला भनेर प्रश्न सोध्नुभयो । मैलै जानेका ज्ञानको आधारमा केही जवाफ दिए र केही दिनपछि सोहि कार्यक्रममा वक्ताका रुपमा रहनुभएका कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुखले तपाइको सुझाबलाई मनन गर्दे यो पटक केही प्रयास हुन्दै छ भनेर फोन गर्नुभयो । तर मनमा गडिरहेको कुरा परापुर्व काल देखि नै नेपाली कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका महिलाहरुको श्रमको उचित मूल्याङ्कन आज सम्म कहि भएको पाइएको छैन । नेपालको कूल कृषि उपज उत्पादनमा ८० प्रतिशत श्रम योगदान महिलाको भएका तथ्याङ्क आईरहदा र विभिन्न कृषिका सचेतना तथा प्राविधीक कार्यक्रमहरुमा महिला कै बाहुलियता हुने भएता पनि कृषक सम्मान कार्यक्रमहरुमा भने महिलाको उपस्थिती र नाम गाँसिने एकदमै न्यून देखिन्छ । देशका अधिकांश ग्रामीण क्षेत्रमा युवाहरु रोजगारको खोजीमा विदेशिएको अवस्था छ तर ती गाउँघरका खेतहरु हरीयो नै बनाइ राख्न महिलाहरुले गरेको दुःख र मिहेनतको नजर अन्दाज गरीएको परिवेश त छदैँ छ, उनीहरुले बहन गरेका घर देखि खेत सम्मका जिम्मेवारीको कदर हाम्रो समाजमा अझै कतैपनि भएको आभाष गर्न पाईन्दैन ।
देशका विभिन्न भागमा महिला सशक्तिकरण, समावेशीकरण र उद्यमी विकासका कुरा उठी राख्दा व्यवहारिक रुपमा यी कुराहरु कतै लागू भएको पाउँन सकिन र यो बिकारलमा महिलाको श्रम र सिपलाई केही हदसम्म भएपनि प्रोेत्साहान मिलोस् भन्ने हेतु राखेर हामीले देशका ७७ जिल्लाबाट साना तथा मझौला कृषि उद्यम संचालन गरी राखेका महिला उद्यमीको कामलाई देशव्यापी रुपमा चिनाउँने र उनीहरुले गरी रहेको कामलाई थप प्रोत्साहन मिलोस भन्ने लक्ष्य राखेर “नेपाल महिला कृषि उद्यमशिलता अवार्ड” कार्यक्रम हरेक वर्ष संचालन गर्ने अवधारणा ल्यायौ । हाम्रो यो अवधारणा महिलाका हकहित र कृषि क्षेत्र विकासका लागी सक्रिय भइ लागेका व्यक्तिहरु माझ राख्दा निकै राम्रो प्रतिक्रिया आएका कारण यो कार्यक्रमलाई अवश्य नै मृर्तरुप दिनु पर्छ भन्नेमा हामीलाई प्रेरणा मिलेको थियो । कागजी प्रक्रिया सबै पुर्याएर जब हामी उद्यमीको खोजमा विभिन्न जिल्लाहरुमा पुग्न थाल्यौ तब हामीलाई नेपाली कृषि र यस सँग जोडिएको महिला उद्यमको बिकाराल अवस्था छर्लङ्ग भयो ।महिला श्रम कृषि विकासको प्रमुख श्रोत भएता पनि अधिकाशं उद्यम तथा फार्महरु पुरुषको नाममा दर्ता भएको हुदाँ महिलाहरु श्रममै मात्र सिमित भएको हामीले पायौँ भने कतिपय ठाँउमा महिलाहरुले आधिकारीक रुपमा कतै दर्ता नै नगरी स्वसंचालन गरेका विभिन्न हस्तकला, साना अचार उद्योग तथा विभिन्न हामीले प्रसस्त देख्यौँ । यद्यपी महिलाको श्रम योगदान उद्यम संचालनमा अधिक भएता पनि अधिकाशं उद्यम पुरुषको नाममा दर्ता भएको र विभिन्न कृषक सम्मान तथा उत्प्रेरक कार्यक्रममा महिलाको उपस्थिती एकदमै न्यून भएको महसूस भयो।
उद्यम भन्ने कुरा जहिले पनि व्यापारसँग जोडीने र अनिवार्य रुपमा दर्ता भएको हुनुपर्ने हुन्छ तर हाम्रो देशमा यस्ता दर्ता भएका र व्यवस्थित रुपमा व्यवसाय गरी रहेका महिलाको संख्या यसमा एकदमै कम भएको कारणले हामीले हाम्रो अवधारणालाई स्थगित गर्नु पर्ने अवस्था सिर्जना भयो र हामीले यो अवधारणालाई परिमार्ज गरेर महिलाले पनि उद्यमी बन्ने बराबर मौका पाउँनु पर्छ भनेर हामीले विभिन्न ठाउँमा अहिले उद्यम विकासका लागि उपयुक्त तालिम, चाहिने प्राविधीक ज्ञान दिन थालेका छौँ र यस पश्चात आफ्नै व्यवसाय सुरु गर्न चाहाने महिलालाई सहयोग पुर्याउन हामीले उनीहरुलाई प्रोत्साहान गर्न सुलभ दरमा बैँक मार्फत ऋण दिलाउने हेतुले केही कार्यक्रम पनि थाल्यो तर निजि क्षेत्रको सानो प्रयासले खासै परिणाम ल्याउन नसक्ने रहेछ ।
वर्तमान अवस्थामा महिलाले कृषिमा दिएको श्रम र बौद्धिक योगदान नेपाली क्षेत्रमा अत्ति नै अपरीहार्य भएको देखिन्छ तर यो श्रमको उचित मूल्याङ्कन कतै भएको पाईन्न तर बिना कुनै प्रोत्साहन सधैँ उच्च मनोवलका साथ काम गर्ने महिलालाई दिन अब महिलामैत्री यान्त्रीकरण र प्रविधी देशमा भित्राउन जोड दिने हो भने देशको कृषिले अवश्य नै काचुँली फेर्नेमा विश्वस्त हौं । त्यसको लागि अबको दिन देखि कृषिमा दिने अनुदान पाउने फर्म, सहकारी वा अन्य केहीको हकमा महिलाद्धारा संचालितलाई केही दिऔ । केवल एकपटक सौचौ हाल कृषिमा पाउन्दै आएको सेवा सुबिधा पाउनेमा कति जना महिला होला, यदि सम्भब छ भन्ने कसैलै यसको अध्धयन गरिदिए महिलालाई आदि ज्याला पाउने कृषि श्रमिकबाट ब्यबसायी तर्फ लान् सकिन्थ्यो । यो बर्ष देखि एक स्थानिय निकायले केबल ५÷५ जना महिलालाई कृषि उद्यमी बनाउन सहयोग गर्ने हो भन्ने अबको १० बर्षमा कृषिमा महिला श्रमिक मात्र नभई उद्यमी हुने पनि दिन छिटै आउने छ ।
कृषि रैबार । २ भाद्र २०७९, बिहीबार