डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी विस्थापित

डोल्पा,२८ असार । डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् । ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्याएको छ ।
धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ । यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।
उनका अनुसार २४ जनाको घर खेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी करिब एक करोड ५० लाख बराबरको क्षति भएको छ । भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ । यसअघि बनाइएका संरचना दिगो नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया