सुर्खेत, २७ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमाथिको छलफलमा भाग लिँदै एमाले सांसद एव पूर्व मन्त्री दल रावलले आय उत्पादन गर्नेतर्फ बजेट लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
घरजग्गाको कर लगायतका केहि करहरू आउने गरेको स्मरण गर्दै पर्यटन क्षेत्रबाट कर संकलन हुन सक्ने बताउनुभयो ।
कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नहरूमाथि जवाफ दिदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने बारेमा सांसदले दिएको सुझाव महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाले सरकार राजश्व वृद्धि गर्न लागिपर्ने बताउनुभयो ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको तर्फबाट कर्णाली प्रदेश आर्थिक विधेयक २०७९ सहित समग्र बजेट पारित गरिओस् भनी मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गर्नुभएको थियो ।
त्यसपछि निर्णायर्थ प्रस्तु गर्दै सभामुख राजबहादुर शाहीले बहुमतले बजेट पारित भएको घोषणा गर्नुभयो । …आवाज…
अब अर्को बैठक आगामी बुधवार दिउँसो तीन बजे बस्ने भएको छ ।
कर्णाली प्रदेश सभाबाट आगामी आर्थिक बर्षको बजेट बहुमतले पारित
तपाईको प्रतिक्रिया
कृषि रैबार । २७ असार २०७९, सोमबार