सुर्खेत, २२ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटमा संघीयता कार्यान्वयन, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिररहेको मानसिक स्वास्थ्य सम्वन्धी असर, कर्णालीको सडक गुरुयोजना लगायतका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालिन मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा छलफल भएको थियो ।
स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ ।
भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चासो राख्नुभएको थियो ।
उहाले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनिकरणका लागि प्रदेश सरकार अझै गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।
भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री र स्विटजरल्याण्डका राजदूतबिच शिष्टाचार भेटवार्ता
तपाईको प्रतिक्रिया
कृषि रैबार । २२ असार २०७९, बुधबार